Posted by: Nepe February 1, 2005
NEPE's Press Release
Login in to Rate this Post:     0       ?        
अनि साझामा धुमधामकासाथ चलिरहेको राजाको हुकुमी शासन बेस कि राजालाई पिठ्युँमा बोकेर कुप्रन विवश जनप्रतिनिधीहरुको ङ्यारङ्यारङुरङुरतन्त्र बेस भन्ने बहस चाखलाग्दो भएपनि हिजोका दिनदेखि अब बहस सुनेर मनपरिवर्तन गर्न कोही आउला भन्ने मलाई लाग्दैन । सबैले आआफ्नो मोर्चा सम्हालिसकेका छन् (ज्ञानेन्द्र महाराजको करामत) । अब बहस बहसको लागि होईन, संघर्षको लागि हुँदैछ । गणतन्त्रको महान ऐतिहासिक मोर्चाका सहयोद्धाहरुलाई मेरो एउटा अनुरोध के छ भने ज्ञानेन्द्रलाई सरापनु भनदा उसले देखाएको साहस (दुस्साहस भने पनि त्यो साहसै त हो नि) बराबरकै साहस र योजनावद्धता द्वारा प्रजातन्त्रको यो बहादुर दुश्मन सित प्रजातन्त्रको अन्तिम युद्ध लडौं । ज्ञानेन्द्रलाई सरापेर बस्ने भनेको त शिंहलाई घाँस खुवाएर घरमा पालेर सर्कस देखाएर जिविका चलाउने योजना बनाएका गोर्खाली मध्यमार्गी बुद्धिजिवीले शिंहले बाछो चपाएको भेटेपछि त्यो शिंहलाई ती बुद्धिजिवीले सरापेको करुण दृश्य भनदा बढी के हो ?
Read Full Discussion Thread for this article