Posted by: Nepe February 1, 2005
NEPE's Press Release
Login in to Rate this Post:     0       ?        
राजा र राजनैतिक पार्टीहरुको एकताद्वारा माओवादी समस्या समाधान गरी मुलुकलाई स्वर्ग बनाउने योजना, जसलाई मैले "गँजडी गफ" को संज्ञा दिएर आशुलाई चिढ्याएको थिएँ, र राजाको टोक्ने दाह्रा फुकालेर थोते र चिथर्ने नङ्ग्रा मुठारेर डुँडे बनाई गोप्राणी राजतन्त्रको जगेर्ना अनन्तसम्म गरिराखने कनकमणी दिक्षित लगायतका "मध्यमार्गी" बुद्धिजिवीहरुको गोर्खाली युटोपी सपनालाई ज्ञानेन्द्र महाराजको यो शाही शंखनादले पानी पनि पिउँन नदिई धुलो चटायो । अब तै यिनका घैंटामा घाम लाग्छ कि ? वास्तवमा यो मेरो फगत आशा मात्रै हो है । कनकजीले बिबिसीमा दिएको छनकले त उनी हाललाई "नत्रवादी" भन्दा बेसी भईनहाल्ने जोरजाम गरेको बुझ्छु म ता । खसोखास कुरा गर्ने हो भने, यी "नत्रवादी" र "घुर्कीवादी" हरु अब हाम्रा स्कुल कलेजका कलिला केटाकेटीहरुले शाही सेनाको गोली छातीमा थापेर गणतन्त्रवादी जनआन्दोलनलाई नथामिने मोमेन्टम दिएपछि मात्रै बहादुरीकासाथ सडकमा ओर्लिनेछन् । यो सुखद दु:खद जेसुकै भएपनि अब नभई नछाड्ने कुरा हो ।
Read Full Discussion Thread for this article