Posted by: usofa February 1, 2005
BREAKING NEWS
Login in to Rate this Post:     0       ?        
नेकपा माओवादीको प्रतिक्रिया नेपाल कम्युनिष्ट पार्टी, माओवादीका अध्यक्ष प्रचण्डले श्री ५ ज्ञानेन्द्रबाट देशको शासनभार आगामी तीन बर्षसम्म आफैले संचालन गर्ने भनी भएको घोषणालाई आफ्नो पार्टीलृ सम्पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ। आज जारी बक्तव्यमा उहांले सम्बिधान सभा र लोकतान्त्रीक गणतन्त्रका लागि उहांकै शब्दमा "सामन्ती गिरोह" का विरूद्ध देशव्यापी विद्रोह गर्न देशका सबै राजनैतिक दल, बौद्धिक समूदाय, नागरीक समाज एवम् विभिन्न तह र तप्काका जनसमूदाय प्रतिको अपील फेरी दोहोर्?याउनु भएको छ। शाही घोषणाको विरोधमा भोली देखि तीनदिनसम्म नेपाल बन्द गर्ने अपीलका साथ प्रचण्डले बक्तव्यमा भावी दिनमा अन्य जनपक्षिय शक्तिसंग विमर्श गरेर प्रतिरोधलाई अघि बढाइने पनि बताउनु भएको छ।
Read Full Discussion Thread for this article