Posted by: Dada_Giri January 29, 2005
Put Down some hilarious quote
Login in to Rate this Post:     0       ?        
१। कागलाई बेल पाक्यो! हर्ष न बिस्मात! (फन्ट प्रोब्लेम भन्नेलाई नेपाली पोस्टिङ्ग) २। बल्या आगो सबैले ताप्छ। (रमाइलो पोस्टतिर सबै झुण्डिन्छ।) ३। केटाकेटी आयो गुलेली खेलायो, मट्याङ्ग्राको सत्यानास (सानो जोकलाई नयाँ थ्रेड सुरु गर्या।, भट्ट भुट्ने तरिका सोध्या।) ४। खाएको विष पो लाग्छ, नखा विष के लाग्छ? (माथिदेखि सबै नपढिकन दिएको कमेन्ट, गाली) ५। नखाऊँ भने दिनभरिको शिकार , खाउँ भने कान्छो बाउको अनूहार! (साझा) ६। नेपाल गयो कपाल सँगै, बर्मा गयो कर्म सँगै। (नेपालीहरु साझामा पनि जातियताको झगाडा गरेको।) ७। कान छाम्नु छैन कागको पछाडी दगुर्ने। (एउटाले पारसको बारेमा नराम्रो कुरा लेख्यो कि सप्पैले हो कि हो भन्दै हिँड्ने, थ्रिड नै लामो भैहाल्ने।) ८। मेरा गोरुको १२रै टक्का । (साझाको राजनैतिक बहस।) अरु भेटेदेखि पछि!
Read Full Discussion Thread for this article