Posted by: Dada_Giri January 22, 2005
Care about your looks?
Login in to Rate this Post:     0       ?        
हाच्छ्युँ ! हाच्छ्युँ ! हाच्छ्युँऊऊ! हैन, साझामा कोहि डाँग्डर छैन? कस्तो हाच्छ्युँ हाच्छ्युँले सतायो आज मलाई। यसो अदुवा राखेर पानी तताएर पिउँदै गर्या त साझामै हाम्फाल्न मन लाग्यो यो मध्यरातमा पनि मलाई। जे सुकै होस् भोलि आइतबार त हो नि! भनेर यसो हेर्या त यहाँ केही लेखि हाल्न मन गर्यो। ढुँगेपलंग (Bedrock) बुरोले एउटा कुरा नबुझ्या जस्तो लाग्यो के। यो पेट सेट बढ्ने, भुँडी लाग्ने कुरा त नेपालमीको स्ट्याटस हो। ब्यापरीले सफल कालोबजारी गरेर, मट्टितेलको कृत्रिम अभाव गराएर लुकाई लुकाई महंगो बेचेर टन्न पैसा जोड्या छु, जागिरदारले मैले सोर्स फोर्स लगाएर तातो पानि, भन्सार चिसो पानी भन्सार, हुँदै एयरपोर्ट भन्सारसम्म पुग्दाखेरि ३,४ करोड जोड्या छु, नेताले मैले जनताको नाममा निकाल्या बजेट सिधै मेरै खातामा हाल्या छु, भन्ने कुरा मुखले भन्दै हिँड्नु त भेन नि। त्यो CIAAले समत्छ।
Read Full Discussion Thread for this article