Posted by: presidentofnepal2035 January 19, 2005
WHAT NEXT ?????
Login in to Rate this Post:     0       ?        
इलाम सदरमुकामबाट करिब १२ किमिउत्तर पुवाखोला पुलको मुखैमा तीन दिनदेखिको अवरोध पन्छाउन गएका सुरक्षाफौजमाथि माओवादीले आक्रमण गरेका थिए । स्रोतअनुसार अवरोध पन्छाउन सुरुमा ४९ सुरक्षाकर्मीको टोली त्यसतर्फगएको थियो । भिडन्तको जानकारीपछि दर्ुइ ट्रकमा थप फौज गएका थिए । उनीहरूको संख्या यकिन छैन । माओवादी अवरोध हटाउन सुरुमा सुरक्षाफौजको डिस्पोजल टोली अपराह्न त्यसतर्फगएको थियो । अवरोध पन्छाएर फिर्दै गर्दा सदरमुकामबाट करिब १० किलोमिटर उत्तर मेची राजमार्गको मलाते खण्डमा माओवादीले एक्कासि आक्रमण गरेका थिए । त्यसपछि सुरक्षाफौजले कारबाही गर्दा अपराह्न साढे तीन बजेदेखि भिडन्त भएको हो । WHAT NEXT??
Read Full Discussion Thread for this article