Posted by: Nepe January 18, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
प्राध्यापक लोकराज बरालले पनि कांग्रेसले विधानमा राजतन्त्र राख्नु जरुरी नरहेको विचार व्यक्त गर्नुभयो । महाधिवेशनले विधानबाट राजतन्त्र हटाएमा कांग्रेस संवैधानिक राजावादीबाट लोकतन्त्रवादी पार्टी हुनेछ । अवधारणापत्रमा कांग्रेसले राजतन्त्रको अस्तित्व कायम राख्ने हो भने राजाबाट अहिलेसम्मका सम्पूर्ण राजकीय विशेषाधिकार त्याग्नुपर्ने, राजगद्दी उत्तराधिकारसम्बन्धी ऐन-नियम संसद्बाट निर्मित र निर्देशित हुन दिनुपर्ने उल्लेख छ । पूर्व सांसद मानबहादुर विश्वकर्माले पन्ध्र सालमा कांग्रेसको साथमा रहेका दलित र जनजाति वर्ग आज किन टाढा भएका हुन् भन्ने सवालमा पार्टी गम्भीरतापूर्वक सोचेर नीति बनाउनुपर्ने औंल्याउनुभयो । बाह्र वर्षम्म शासनमा रहँदा कांग्रेसले समाजवादको नीति कागजमा सीमित राखेको गुनासोसमेत बुद्धिजीवीहरूको थियो । हरेक जाति/जनजातिले आफ्नो हक खोज्न थालेको उल्लेख गर्दै कांग्रेसले त्यसलाई सम्बोधन गर्न सकेन भने दूर्भाग्यपूर्ण हुने चेतावनी पनि उनीहरूको थियो ।
Read Full Discussion Thread for this article