Posted by: Nepe January 18, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
निष्पक्षजी, नेपालमा कोहि पनि स्वधर्मको बाटोमा हिँडेनन् भन्ने कुरा धेरै हदसम्म सही हो तर गाँठी कुरो यो होईन । मेरो विचारमा गाँठी कुरो त किन हिडेनन् त भन्ने प्रश्न हो ? नेपालीहरु स्वधर्मको बाटोमा हिंड्नै नसक्ने वा हिंडाउनै नसकिने जाती हुन् भनेर भन्न खोज्नु भएको अवश्यै होईन निष्पक्षजीले । कि हो ? होईन भने किन हिंडेनन् वा हिंडाउन सकिएन, त्यो हो गाँठी कुरा । ४० भन्दा बढी भोटो फटाईसकेको छु मैले र मलाई सोध्नुहुन्छ भने उपयुक्त वातावरण दिएमा आजको समय सुहाउदो स्वधर्मपालन गर्न सक्नेमा नेपाली भन्दा बेहतर जाती अरु देखेको छैन मैले । फेरि राजनीतिक बाहेक अरु क्षेत्रलाई दोष दिने भनेको बदमास मालिकको दोष उसको निरिह कमारोलाई पनि दिनु जस्तै हो । अनि, २०४७ यताको राजनैतिक नेतृत्व नराम्रोसित नष्टभ्रष्ट र स्वधर्मपालनमा विफल भएपनि केही व्यक्तिहरुको incompetence बाट भएको होईन त्यो । त्यो सामुहिक पतन थियो र त्यसका पछाडी धर्मको खाका जिम्मेवार छ भन्ने मेरो जिरिह छ । धर्मको खाका निरपेक्ष रुपमै खराब भनेको चाही होईन है मैले । ईतिहासको फरक कालमा हुँदो हो त यो एक आदर्श धर्म हुन सक्थ्यो भन्नेमा मलाई अविश्वास छैन ।
Read Full Discussion Thread for this article