Posted by: nispaksha January 18, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
नेपे जी, गाँठि कुरा के हो भने नेपालमा कोहि पनि धर्मको बाटोमा हिँडेनन् । राजा, नेता र वुद्धिजीबि लगायतका सबै वर्ग र पेसाका जनहरुले अधर्मको बाटो समाते । मैले यहाँ भन्न खोजेको धर्म पशुपतीको दर्शन वा दक्षिण कालीमा बोकाको वली चडाएर गरिने कर्मकाण्डी धर्म होईन । यस सन्दर्भमा धर्मको अर्थ आफ्नो कर्तव्य पथमा रहि निष्फल कर्म गर्नु हो । भन्नुस त नेपालमा आफ्नो कर्तव्य पथको पहिचान गरि तद्अनुसारको कर्म गर्ने कति छन् ? नेपाली जनहरुलाई आफ्नो भन्दा अरुको कर्म गर्नुमा आनन्द आउने जस्तो देखिन्छ । राजा, गुट-नाईके जस्ता; सम्भ्रान्त, चोर वा भीखमगा जस्ता; नेता, कार्यकर्ता जस्ता; कर्मचारी, ठेकेदार जस्ता; वुद्धिजीबि, नेता जस्ता; आदी आदि, होईन त? यसको नतिजा के हुन्छ भन्दा, गीताको यो श्लोक बुझौँ
Read Full Discussion Thread for this article