Posted by: Nepe January 17, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
१. सेनाको राजाप्रतिको वफादारीको श्रोतलाई मैले अतिरिक्त-सम्वैधानिक (परा-सम्वैधानिक) भनें । भावमा मेरो अडान त्यही भएपनि तपाईलाई प्रभावित पार्ने मनसायले ल मैले मानें- त्यसको जड २०४७ को सम्विधानभित्रै छ । तर कहाँ छ त त्यो ? सम्विधानको मेरो पठन र मनन दुवैमा मैले त्यसलाई सम्विधानको अक्षरहरुमा देखिन । राजालाई सम्विधानले राजाको झुपडी भित्रको मामला र हकवाला तोक्ने बाहेक अरु कुनै कुरा पनि आफ्नै तजबिजमा गर्न पाउने हक लेखेर दिएको छैन । "प्रधानमन्त्रीको सिफारिशमा श्री ५ बाट गरिबक्सनेछ" भनेको "राजालाई त्यो अधिकार छैन" भनेर स्पष्ट भनेको हो । तथापि मेरो कवि आँखाले हेर्दा भने तीनै शब्दहरुले राजालाई उनले आँटेको खण्डमा ती अधिकारहरु दिएको देख्छु । यसो भनौं, ती शब्दहरुका सोझा अर्थहरुले हैन कि ती शब्दहरुका चालढाल, जिउ मर्काई, आँखा सन्काई, सिंगार पटारले राजाको ईच्छा जागे नाजायज सम्बन्धको लागि झ्यालबाट पोटुका खसालेको छ । कुनै रसिक शायरले लेखेका थिए- एक ही मायने नही रखती तुम्हारी हर 'नही' एक झुझलाकर 'नही', एक मुस्कुराकार 'नही'
Read Full Discussion Thread for this article