Posted by: Nepe January 17, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
निस्पक्ष जी, तपाई मेरो "रहस्योदघाटन" बाट प्रभावित नभएर ठीकै भएको छ, किनभने तपाईले हाम्रो राज्यसत्ताको खाका बारे यस्ता मिहिन प्रश्नहरु उठाउनुभयो जसको अक्सर गोलमटोलीकरण भएको देख्छु मेरो पहुँचको छलफलहरुमा । यस्ता मिहिन प्रश्नहरु बेगर अहिलेको सबभन्दा ठूलो प्रश्न '२०४७ को संविधानको असफलता प्रणालीजनित हो कि व्यक्तिजनित हो ?' को सही उत्तर भेटिने छैन र यो उत्तर बेगर संबिधान पुनर्लेखन, परिमार्जन, अक्षरश: कार्यान्वयन, क्रान्ति वा कुनै पनि प्रकारको परिवर्तनको मतलबपूर्ण कुरा गर्न सकिदैन । तपाईले उठाउनु भएका सबालहरुले, स्पष्टै छ, हाम्रो सम्विधानको र सत्ता चलाउन पुगेका सबैको कामको व्यापक शल्यक्रियाको माग गर्दछन् । यो वृहद काम म एक्लैको बुता, समय र यो थ्रेडको आयतनले भ्याउने कुरा होईन । त्यसैले एकाध बुँदामा केही संक्षिप्त टिप्पणी मात्र गर्न चाहन्छु ।
Read Full Discussion Thread for this article