Posted by: ashu January 17, 2005
Atul Gautam dead?
Login in to Rate this Post:     0       ?        
अलबिदा अतुल ? गुणराज लुइ?टेल - असोज ९, २०६१ को सा?झ पशुपति क्षेत्रस्थित एउटा पुरानो घरको माथिल्लो कोठामा तबला बादक सरिता मिश्रले मलाई पुर्?याएकी थिइन् । र, त्यहा? हामीलाई प्रतीक्षा गरिरहेका थिए- तबला बादक अतुल गौतम । त्यो सा?झ मधुरो बत्तीको उज्यालोमा चम्किला अतुल मेरा अगाडि उपस्थित थिए । उनी भर्खरै आफ्नो उच्च अध्ययनको सिलसिला सुरु गरेर भारतबाट घर फर्केका थिए । उनलाई मैले सांगीतिक कार्यक्रममा देखिसकेको र उनको प्रतिभाबाट आलोकित हुने मौका पाएको हुनाले म उनीस?ग कुरा गर्न चाहन्थे? । त्यो दिन मैले मेरो नोटबुकमा लेख्न सुरु गरेको रहेछु- अतुल गौतम, ३३ वर्ष। वास्तवमा उनले यो एउटा नामबाटै परिचय स्थापना गरिसकेका रहेछन् भन्ने अनुभव उनको असामयिक अवसानको खबर टेलिभिजनमा प्रसारित भएपछि भयो । उनी त चालै नपाई घर-घरको नाम भइसकेछन् । पशुपति क्षेत्रमा भजन सुन्न जाने वयोवृद्ध आमाहरूले बडो पीडादायी स्वरमा फोन गरेको सुने? मैले । झलक्क हर्ेदा अनुहारमा रहेको अतुलको आलोक नै बेग्लै थियो । उनले एकनिष्ठ भएर बजाएको तबला र उनको तेजस्वी अनुहारले धेरै आमाहरूलाई यिनी नै रामका अवतार हुन् वा कृष्ण हुन् भन्ने अनुभव हुन्थ्यो । अतुलको इच्छा तबलामा विद्यावारिधि गर्ने थियो । सर्ुकर्म ब्यान्डकै अर्का सदस्य धु्रवेशचन्द्र रेग्मीले दिल्ली युनिभर्सिटीबाट विद्यावारिधि पूरा गरेको केही समयमात्र भएको थियो । उनी त्यो सफलतामा अर्को इ?टा थप्न चाहन्थे । 'मेरो सोच विद्यावारिधि गर्ने हो' उनले मलाई भनेको पहिलो वाक्य नै यही थियो- 'मार्स्र्टस मैले ८/९ वर्षघि नै गरेको थिए? ।' बनारस हिन्दू विश्वविद्यालयमा भर्ना भएर विद्यावारिधि गर्दा त्यहा? 'साधना' पनि गर्न पाइने उनको धारणा थियो । बेला-बेलामा व्यावसायिक काम गर्न काठमाडौं पनि आइरहनुपर्ने आफ्नो योजना पनि सुनाएका थिए । अतुलस?गै उनका इच्छाहरूको पनि अन्त्य भएको छ । उनले भनेका थिए- 'नेपालमा संगीतको राम्रो डकुमेन्टेसन भएको छैन । मेरो सोचचाहि? ऐतिहासिक डकुमेन्टेसन नै हो ।' शास्त्रीय संगीतका क्ष्ँेत्रमा विगतमा भएका उपलब्धिलाई भविष्यका निम्ति अभिलेख गर्नुपर्छ भन्ने उनलाई लागेको थियो । कतिपय राग गाउ?दा पानी परेका प्रसङ्ग उनले उल्लेख गरेका थिए । त्यसकारण पनि उनलाई संगीतका यी ऐतिहासिक तथ्यहरूप्रति मोह थियो । संगीतको विकास किन हुन नसकेको होला - उनको प्रस्ट जवाफ थियो- 'संगीतको विकास नहुनुमा यसलाई अनुत्पादक विषय मानेको हुन सक्छन् । संगीतलाई परिष्कृत गर्न साधनाको आवश्यकता हुन्छ । राम्रा संगीतकारले समेत साधनालाई ओझेल पारेर बस्दासमेत कसैले केही भन्ने नगरेको अनुभव उनलाई थियो । उनी आफैं लोकप्रियताको शिखर चढिरहेका भए पनि त्यसप्रति कत्ति पनि घमण्ड थिएन । बरु सकेसम्म आफ्नो ज्ञान र सीपलाई अरू तिखार्नुपर्ने महसुस उनले गरेका थिए । हिजोभन्दा तल भए पनि धेरैले केही नभन्ने उल्लेख गर्दै उनले देशमा हर्ुकंदै गएको लाटो देशको गा?डो तन्नेरी हुने प्रवृत्तिलाई दुरुत्साहित गर्नसमेत उनी थप अध्ययनमा लागेको बताएका थिए । 'अतुल दाइ त सिक्न जानुभयो भने हामीले पनि सिक्नर्ुपर्छ भन्ने लाग्न सक्छ,' उनले भनेका थिए- 'नया? भाइहरूमा बाहिर सिक्ने र यहा? पनि सिक्ने भावना होस् भनेर पनि म अध्ययनका लागि जान लागेको हो ।' 'सुरभि' उनको एकल एल्बम हो । सर्ुकर्म ब्यान्डस?ग एक आ?तका भाइजस्तै भएर उनी काम गर्दै आएका थिए । सरिताका घरमा उनै अतुलको सर्ुकर्म ब्यान्डका तीन भाइ डा. धु्रवेशचन्द्र र श्याम नेपाली रहेको राम्रो पोस्टर देखेर आफैंले मागेर पनि ल्याएको थिए? । उनलाई मैले शास्त्रीय संगीत कहा? उभिएको छ - भन्ने प्रश्न गरेको थिए? । उनले भनेका थिए- 'अहिले हरेक क्षेत्रको अवस्था दयनीय छ । यो विधा अलि छोपिएको छ । यो व्याकरणीय र क्लिष्ट भएकाले र्सवसाधारणबाट केही टाढा रहेको थियो ...। यो विधा मैले संगीत सिक्न थाल्दाभन्दा अलिकति हरियो बत्ती बलेको छ । श्रोता पनि बढेका छन् । पेसागत रूपमा गाउन सक्ने अवस्था भएको छ ।' उनीस?ग मैले निकै लामो कुराकानी गरेको थिए? । पत्रिकामा उनको बारेमा लेखिसकेर पनि मेरो नोटबुकमा उनका विचार बा?की नै थिए । उनीस?ग कुरा गर्दा यो मान्छे निकै गहिरो र सरल छ भन्ने लागेको थियो । आफ्नो विषयप्रतिको लगाव र त्यसप्रतिको इमानदारिता अत्यन्तै अनुकरणीय थियो । अतुलस?ग अन्तर्वार्ता सकियो । त्यसपछि उनले धेरै विषयमा छलफल गरे । सबैभन्दा ठूलो प्रश्न उनले गरेका थिए- देशमा कहिले शान्ति छाउला - किनभने उनी आफ्ना सांगीतिक कार्यक्रम लिएर विदेश जा?दा पनि अनौपचारिकरूपमा देशको प्रचार नै गरिरहेको मान्थे । त्यसबाट दर्ुइ जना पर्यटकमात्रै आउ?दा पनि देशको ढुकुटी भरिन्छ भन्ने उनलाई लाग्थ्यो । आकर्ष व्यक्तित्व, सरल जीवनशैली भएका अतुल आज हाम्राबीच छैनन् भन्ने विश्वास हु?दैन । भौतिक रूपमा उनी छैनन् तर स्मृतिपटमा उनी सधै? जीवित रहने छन् । उनको निधनले छाएको रिक्तता पर्ूर्तिका निम्ति र उनका सोचलाई यथार्थमा अनुदित गर्नका निम्ति बा?चेकाहरूका का?धमा जिम्मेवारी आएको छ । अलबिदा अतुल ? gunaraj@kantipur.com.np
Read Full Discussion Thread for this article