Posted by: ashu January 16, 2005
Atul Gautam dead?
Login in to Rate this Post:     0       ?        
एउटा मार्मिक अध्यायको अन्त्य सलिल सुवेदी - मध्य दिन । पशुपति मन्दिरनजिकै रहेको ज्ञानमाला कुञ्जअगाडि भेला भएका मलीन अनुहारहरू अतुल गौतम -जन्म १९७२) लाई अन्तिम बिदाइ गर्न कुरिरहेका थिए । उनलाई परिवार, मित्र तथा छिमेकी र उनका हजुरबाले स्थापना गरेको 'जानकी जीवनकुञ्ज'स?ग आबद्ध सीताराम भक्तहरूले विधिवत् आर्यघाटतर्फो छोटो तर अति नै मार्मिक यात्राका लागि अगाडि बढाए । त्यसपछि सामूहिक रोदन सुरु भयो । अतुलस?ग सदाका लागि बिछोड ती कसैलाई स्वीकार्य थिएन । उनीहरू डा?को छोडेर रुन थाले । असी वर्षनाघिसकेका वृद्ध भक्तहरूदेखि स-साना केटाकेटी लस्कर लागेर भीडमा तेर्सिएका थिए । उनीहरू अतुलको आत्माको चिरशान्तिको पर््रार्थनामा हरेराम राम राम हरे... हरे कृष्ण हरे कृष्ण श्रीकृष्ण हरे हरे... भजन गाउ?दै आर्यघाटपारि पुगे र अग्निको अन्तिम राप रहुञ्जेलसम्म डेग चलेनन् । अतुल उनीहरूका कृष्ण र राम थिए । त्यसैले यो सम्मानका लायक थिए । उनको सद्भाव र प्रेम आफूले चिने-जानेका मानिसमा मात्र सीमित थिएन । उनले सम्पर्ूण्ा नेपालीमै प्रेम सा?चे र बा?ढे । यी भक्तहरूका लागि अतुल एउटा विम्ब थिए र रहिरहनेछन् । उनीहरूका कल्पना, सम्झना र सपनामा अतुलले आफ्ना राम र कृष्ण स्वरूप, लीला देखाई नै रहनेछन् । शोकाकुल त्यो भीडमा शास्त्रीय संगीतका कलाकारहरू सबैभन्दा स्तब्ध थिए । बलियो मन भएका तबलावादक नवराज गुरुङले डा?को थाम्न सकेनन् । थुप्रै साथीभाइको यही हालत थियो । अतुल हामीबाट खोसिएका थिए र बिनाप्रतिरोध हामी त्यसलाई स्वीकार गर्न सक्दैनथ्यौं । अतुलस?ग धेरै निकट, अझ दाजु र भाइकै प्रतिरूप डा. ध्रुवेशचन्द्र रेग्मी र श्याम नेपालीको पीडा सबैभन्दा भिन्न र असहनीय थियो । उनीहरू मिलेर खडा गरेको 'सर्ुकर्म सांगीतिक समूहले देश-विदेशमा सिर्जन र गतिको सुरुवात गर्?यो तर त्यो सिलसिलाले एउटा दिशा र संकल्प प्राप्त गरिरहेकै बेला तिनीमध्येका एक धरोहरले समाधि लिए । एक हप्ताअघि मात्र धरहराको र्सार्वजनिकीकरण उत्सवका क्रममा 'सर्ुकर्म' को कार्यक्रम आयोजना गराउने अभि र सुनन्दाले अतुलको स्वास्थ्यस्थिति ब्रि्रेको दिनदेखि भोक-निन्द्रा बिर्सर्ेे थिए । उनीहरूले अगाध माया र सम्मान गरेका अतुल अब फेरि कहिल्यै कुनै सांगीतिक कार्यक्रमका आउन्नन् भन्ने स्वीकार गर्न तिनलाई कसरी सहज हुन सक्थ्यो - पाटन, भक्तपुर र बाहिरी जिल्लाबाट आएका संगीतका विद्यार्थीका लागि पनि अतुलको अवसान सोच्दै नसोचिएको बज्रपात थियो । अतुललाई एक महिना अघिमात्र बनारसबाट काठमाडौंका लागि बिदाइ गरेका उनका विद्यार्थी मधुसूदन सम्झ?दै थिए- हामीले तपाईंजस्तो गुरु पायौं, हामी भाग्यमानी छौं भन्दा उहा?ले हामीलाई तिमीहरूको भाग्य तिमीहरूले मस?ग कत्तिको निरन्तर अभ्यास गर्र्छौ, त्यसैमा भर पर्छ भन्नुभएको थियो ।' यही नै थियो अतुलको विशेषता । भाइचारा र नया? पुस्ताका लागि उनको सेवा कसैले बिर्सन सक्दैन । बाल्यकालदेखिकी परम मित्र तबलावादक सरिता मिश्र, भाइ प्रकाश मिश्र तथा सम्पर्ूण्ा मिश्र परिवारले अतुलको चिन्तनको स्वच्छता र अठोट राम्ररी बुझेका छन् । हरेकपटकको भेटमा सरिता अतुलको बयान गर्छिन् । अतुल बनारसमा बसेर पण्डित प्रवीण उद्धवस?ग तबला र तालका प्रखर ज्ञान सिक्ने क्रममा थिए । उनको लक्ष्य तबला तरंगका ज्ञानलाई अभ्यास साधनाले पानीपानी पार्नु र त्यसको विद्यावारिधी पनि प्रँप्त गर्नु थियो । यति धेरै नाम र सीप कमाएको व्यक्ति यहा? बनारसमा तबला सिक्दैछन् । यिनी एक विशेष व्यक्ति हुन्- उनका अहिलेका गुरुले अतुलका विद्यार्थीलाई सुटुक्क भनेका थिए । अतुलले भारतको प्रयाग संगीत समितिबाट सन् १९९६ मा स्नाकोत्तरसहित कयौं उपाधि र स्वर्ण्र्ाादक जितेका थिए- शास्त्रीय संगीत तबलामा । तबला र अन्य बाद्यवादनहरूस?ग उनको संगत हजुरबा कविराज र दाजु अजित गौतमबाट भएको थियो । त्यसबाहेक उनले पण्डित होमनाथ उपाध्यायस?ग तबला ज्ञान लिए । पछि उनी पण्डित शम्भुप्रसाद मिश्र र बनारस घरानाका अराज पण्डित छोटेलाल मिश्रका चेलासमेत भए । उनी संगीतको इमानदार विद्यार्थी थिए । संगीत साधनाको व्यस्तताकै बीचमा उनले त्रिविबाट व्यवस्थापन विषयमा बीए पनि गरे । केही समयअघिसम्म उनी पद्मकन्या क्याम्पसमा तबला प्रँध्यापन गर्दै थिए । शवयात्रा अघि बढेेपछि मनहरू अझ विचलित भए । सधैंं रसिक मुद्र्रामा चट्याङ मास्टर कृष्णमुरारी गौतम विरहमा हतास देखिन्थे । ठट्यौली उनको जन्मजात गुण लाग्थ्यो तर अतुलको मृत्युले उनलाई हृदयदेखि नै विचलित बनाइदिएको थियो । उनका आ?खामा अल्झेको पीडा जोसुकैले सजिलै पढ्न सक्थ्यो । अतुलका सांगीतिक कार्यक्रमको प्रयोजन कहिल्यै व्यावसायिक रहेन । संगीत उसका लागि पेसा थिएन, आत्मसाक्षात्कारको माध्यम थियो । शास्त्रीय संगीतको त सबैभन्दा निष्ठावान् सेवक थियो नै । ऊ संगीतका माध्यमबाट एउटा समाज र मानवताप्रतिको एउटा लडाइ? लडिरहेको थियो । ऊ र उसका साथी मुलुकको वर्तमान परिस्थिति निम्त्याउने मर्ूख नेता, स्वार्थी व्यापारी र राज्यसत्ताका मूढ सञ्चालकहरूलाई शान्तिको संगीत र पाठ सिकाउन जुटेका थिए । यो ऊर्जा सामान्य हिम्मतबाट प्राप्त हु?दैन । केही महिनाअघि एउटा कार्यक्रममा तबलाको जुगल बन्दी गरेर घर र्फकेका अतुलले बनारस जाने आफ्नो सपना सुनाएका थिए र त्यसलाई पछ्याउ?दै पनि थिए । तर, गंगाझैंं बगे । तबलाको तरंगमा शरीरभरि कम्पन छुटाउने उनी अब अर्काे अध्यात्ममा डुबेका छन् । यो अध्यात्म अनन्त छ । अतुल अब छैनन् तर उनका सपना र माया हामीबीच यत्रतत्र छरिएका छन् र तिनलाई हजारौंका आ?खामा पढ्न सकिन्छ । अबका प्रतिभा, उनका चेला, संगीतका विद्यार्थी, मित्रजन र आफन्तहरूले अतुलका सपनालाई वाणी र आकार दिनु छ । यही नै उनीप्रति सा?चो श्रद्धाञ्जलि हुनेछ ।
Read Full Discussion Thread for this article