Posted by: Nepe January 15, 2005
Firing the king
Login in to Rate this Post:     0       ?        
Testdirector, Let's not get excited about a Web based Poll. They are not reliable. Even the campus "referendum" you are talking about has some limitations. However, it broadly tells what it shows. If you had followed the news coming out during these "referendum" last year, you must have heard about how they manage to conduct it despite the police दमन and धरपकड and, very importantly, against the directions from NC and UML not to conduct such referendum. गिरिजा, माकुने र संवैधानिक राजतन्त्र प्रति अझै आस्था रहेका प्रभृर्तिहरुले गणतन्त्रप्रति आकर्षित हुदै गएका तल्ला तहका नेतृत्वलाई र विद्यार्थीहरुलाई निरुत्साहित र अपमानित सम्म गरे । यो सबै मुलुकको हरेक तप्कामा हुँदै गएको गणतान्त्रिकरण को स्वाभाविक विकासक्रम हुन् । त्यो दिन टाढा छैन जब गिरिजा र माकुनेहरुले राजनीतिक सिलटिम्बुर खानेछन् र पार्टीमा गणतन्त्रवादी नेतृत्वको विकास हुनेछ । यो कुनै wishful thinking होईन, बरु अवश्यम्भावी कुरा हो । पार्टीहरु गणतान्त्रिक नहुन्जेल ज्ञानेन्द्र उनीहरुसंग एक पित्को पनि डराउने छैन र सत्तामा आफ्नो पकड मजबुत बनाउदै लैजाने काममा अहोरात्र जुटिरहनेछ । यता फेरि त्यसो होउन्जेल पार्टीहरुले जनविश्वास, कार्यकर्ता विश्वास र आत्मविश्वास पनि गुमाउदै जानेछन् । त्यसो हुँदा पार्टीहरुलाई अस्तित्वकै निम्ति पनि गणतान्त्रिक नभई धरै छैन ।
Read Full Discussion Thread for this article