Posted by: Dada_Giri January 15, 2005
ram bahadur dubya bush
Login in to Rate this Post:     0       ?        
हामीलाई गाँजाको नसाले भनौँ या अब उमेरको नसाले, भजन त चालै नपाइकन बिस्तारै रोदिमा परिणत हुँदै गएछ। "सम्झि छौ कि नानीले बाला दिनमा हाँसेको सम्झि छौ कि नानीले बाला दिनमा हाँसेको सरर सरर रोदी घरमा सँगै नाचेको सरर सरर रोदी घरमा सँगै नाचेको सम्झि छौ कि नानीले बाला दिनमा हाँसेको सम्झि छौ कि नानीले बाला दिनमा हाँसेको सरर सरर कोल घुमाउँदै उखु पेलेको सरर सरर कोल घुमाउँदै उखु पेलेको ... ... ..." रातभरि रमझम लामो रमझम भो। भोलिपल्ट रामदि यानेकि काली गण्डकी नुहाउने मिठो सपनामा पत्तै नपाइकन निदाइएछ। बिहान सबेरै उठेर म यता तिर फुल टिप्न लाग्या मात्र के थिएँ, दुर्गा दाइ र मिना त्यहीँ बजारको भिडमा हराइ सकेछन्। माने दाइ र सकुनि पनि लिपिस्टिक पाउडर रोज्न थालेछन्। म भने त्यत्रो भिडमा एक्लै किंकर्तब्यबिमुढ ! अझैपनि माघे सक्रान्ति आयो कि रामदीको मेलाको यादले मलाई सताउने गर्छ। मेरो लागि भने रामदीको मेला पोलेको तरुल र बँदेलको मासुमा सिमित रह्यो तर पनि स्मृति पटमा अझै सजिएको छ। रामदिको मेला, माने दाइको गाँजा, भजनको निऊ पारी रोदिको खेला । I miss all of you!
Read Full Discussion Thread for this article