Posted by: Dada_Giri January 15, 2005
Login in to Rate this Post:
0
?
राती रामदिमा सबैजना अस्थाई घर बनाएर त्यहीँ बास बसियो।
बेलुका भलाकुसारी सुरु भो। मैले दुर्गा दाइसित देश खाइ शेष भएको मान्छे भनेर धेरै कुरापनि सोधेँ।
दुर्गा दाइका हकँकगँ, बेलायत, सिगांपुरका गफमा हामी मस्त हुन थालियो। डिबियोको मधुर प्रकाशमा कलब्रेक पनि चल्दै गयो।
मिनाले आगो सल्काई। सकुनीले तरुल पोली। दुर्गा दाइले पोकोबाट बँदेलको मासु निकाले। सबैले तरुल र बँदेलको मासू पोल्दै, खाँदै गरियो। त्यो माघे सक्रान्तिको रामदिको टीठ लाग्दो जाडो पनि बिर्सियो।
एकछिनपछि सबैले भक्तजन हुँदै भजन गाउने मनसाय राखे। स्वरै स्वरमा भजन पनि सुरु भो। मैले झोलाबाट खैँजडी निकालेँ। कोहि खैँजडीको तालमा र कोही सोरढिको तालमा नाच्न ताले। सकुनीको कोइलीको जस्तो सुमधूर कण्ठले वरिपरिका सबैलाई आकर्षित गर्न थाल्यो भने मिनाको बारुली कम्मर भाँचेको नाचले त झन सबैजना हाम्रो बथानमा झुम्मिन थाले। काली गण्डकीको तिर, त्यो पहाडको खोँच पनि रमाइलो र गुन्जायमान हुँदै थियो।
माने दाइले पोल्टोबाट गाँजा निकालेर कटुसको पातमा बर्दै बिँडि बनाए। मैले पनि एक दुई सुर्का तानिहालेँ।