Posted by: Dada_Giri January 15, 2005
Login in to Rate this Post:
0
?
सम्झना माघे सक्रान्तीको
बिहानै झिसमिसेमा उठेर सकुनीले बाहिर निस्केर यसो टाउको ठाडो पारेकी त माथिबाट दुर्गा दाइ आइपुगेका। दुर्गा दाइ लाहुरे। पहिलो छुट्टीमा आका। हातमा उतैतिरको क्यासेट भिरेका। भर्खरका रहर लाग्दा ठिटा।
"काँ जान ला, दुर्गा दाइ यति बिहानै ?"
"नुहाउन जान ला नि। रामदितिर। तिमी नि जाने भए हिँड, जाऊँ सगै।"
"हामी पनि जाने हो तर मिना र माने दाइलाई पर्खि रा ।"
"मिनाहरु त माथ्लोबाटो लागिसके। रिढि जाने रे यसपालि त।"
"खै आउने बनदै थी। ए एकछिन है।" सकुनीले बाख्रा-पाठा सारी र गाईलाई पराल हाली, कोरीबाटी गरी र उनीहरु पनि देऊराली थानको बाटो लागे।
देऊराली थान पुगेपछि देऊराली माइलाई पाती चढाइयो । एकैछिन कर्दाकुर्दै सबैजनाको भेट भो। रामदि जाने कि तल रिढितिर जाने भनेर एकछिनको अलमल र छलफल भो। तर यसपालि यता रामदितिर झर्ने कुरामा सबैजनाको सहमति भयो र हामी झरियो।