Posted by: Dada_Giri January 14, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
मलाई यहाँनेर एउटा कुराको याद आयो कि, रत्नपार्कमा एउटा सुइच्यो बेच्ने केटाले भन्दै थियो, ल आयो ५ चै रुपियामा ल सुइचो आयो, गर्मिको सर्दिको रुखा खोकि निको पार्ने, ज्यान दुखेको निको पार्ने, टाउको दुखेको पिनास सन्चो पार्ने, थकाइ कम गर्ने, सप्पै कुरा निको हुने ल आयो ५चै रुपियाँमा सुइचो! आयो ल किनिहाल्नुस्। यतिका कुरा निको हुने भनेसी त ५ रुपियाँको मुख हेर्ने कुरा भएन मैले पनि किने। पछि न रुखा न खोकि केहिपनि निको पार्दैन बा । कतै गणतन्त्रमा पनि यस्तै नहोला र? प्रजातन्त्रमा पनि भन्या हैन सप्पै कुरा चट् हुन्छ, भनेर? अगुल्टोले हान्या कुकुर बिजुलि चम्किँदा झस्किन्छ भन्या जस्तो त पक्कै हैन होला। अब गणतन्त्र आएपछि सप्पै कुरा छट भनेर बिस्वास गर्ने ठाउँ पनि छैन। कारण तल भन्दै जान्छु।
Read Full Discussion Thread for this article