Posted by: Nepe January 13, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
तपाईले गाँउ फर्क को कुरा निकाल्नु भो । तपाईको point बुझिएन तर जे भए नि त्यो माटो सुहाउदो पन्चैती पर्जातन्त्रको महान गाईजात्रामा पुगेर टुङ्गियो । शहरबाट सुकिलो लुगा लगार आका मान्छेले हाम्रा गाम्का पर्धान, उपपर्धान, वडा सदस्से मनोनयन गरेर फर्कन्थे सर्वसम्मती गरेको बनेर । राजमुटुको, राजमुकुट हो क्यारे, त्यस्को बारेमा दिन्थे लामा लामा लेक्चर गाम्लेहरुलाई, अरास्टे तत्व भन्ने भूत चिन्छम् भन्थे, तर नाम चाही बताउदैनथे । गजबको समय थियो त्यो । शान्तिक्षेत्रको कुरा । त्यो चाही वीरेन्द्रको एउटा ठूलै काम हो । बिहेको जन्तीबाख्रो खान आका पाम्नालाई के भनुँ के भनुँ भएर "मेरा गोबरग्वाँच रैतिहरुको कानमा मीठो सुनिने एउटा नाम राख्न परो, यसलाई शान्ति क्षेत्र भन्द् याओन भाई" भन्या के थे, भटाभट भैहाल्चनि किन नभन्थेम र भन्न थाली हाले पाउनाहरु । the rest is history, as they say. हाम्रा भारतिय मित्र, जिज्ञासु भनम् कि छुसी, चाही ले सोधेर मरे ? क्या हो यो शान्ति क्षेत्र भन्या ? अगर ये सिरिफ नाम है तो नाम मे क्या रक्खा है ? बस् खेल खत्तम । आशुका राजा र प्रजा का एकता को गँजडी गफ को बारेमा अलि पछि ॥
Read Full Discussion Thread for this article