Posted by: Nepe January 13, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
निस्क्रिय राजतन्त्र सहितको प्रजातन्त्र को कुरा गरेर तपाईले एउटा चाखको बहस छेड्नु भो । मलाई आउनै बाँकी गणतन्त्रको कुरा गर्दा hypothetical term मा गर्छ भनेर निको नमान्ने, तपाई भने आएर पनि myth साबित भैसक्या कुरालाई ठाडै देख्या नदेख्यै गरेर अझै hypothetical कुरा गर्ने ? ४६ साल अघि र पछिका केही वर्ष सम्म भए पनि रिजल्ट देखिनै बाँकी निस्क्रिय राजतन्त्र सहितको प्रजातन्त्र बारे hypothetical कुरा गरे नाई बुढाले भन्नुहुन्थ्यो । अब यत्ना वर्ष गर्न नसक्या कुन चै चमत्कार गर्न बाँकी छ लौ यो hypothetical नै सही निस्क्रिय राजतन्त्र सहितको प्रजातन्त्रले ? नेपालाँ राजतन्त्र निस्कृय देखिन चै सक्छ हुन चै सक्तैन । गएका डेढ दशके experiment को conclusion त्यै हो । राजाले काम गर्ने भनेकै निस्कृय देखिएर गर्ने हो । वीरेन्द्र निस्कृय देखिएर पनि उसका र उसका बाउको बिरासतका सारा पुराना कुरालाई बेरुजु, बेउजुरयोग्य र सुरक्षित राख्न सके । हाम्रा केही ग्वाँच केटाहरुको भ्रमको विपरित वीरेन्द्रले प्रजातन्त्रलाई कहिले पनि रुचाएनन् । ज्ञानेन्द्र त पुरै बाउको बिंडो थाम्न कम्मर कसेर लागेको छ । आशु तिवारीको राजा र प्रजा को एकताको आव्हान एसबेला उसलाई अति खाँचो छ । आशुले ढिलोचाँडो गोरखा दक्षिण बाहु पाएनन् भने मलाई उदेक लाग्नेछ
Read Full Discussion Thread for this article