Posted by: Nepe January 13, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
दादागिरीजी, मलाई सम्बोधन गर्नु भा पछिल्ला पोस्टीङमा केही कुरा आग्राका र गाग्राका जस्ता पनि भए भने बाँकी तपाईका प्रश्नहरुले गहन र बृहद उत्तरको अधिकार राख्तछन् । सबै प्रश्नको सन्तोषजनक उत्तर मसँग अवश्य छैन । तर गणतन्त्रसंग जोडिएका सबालहरुको बारेमा मेरो व्यक्तिगत विचारहरु जरुर राख्नेछु, तपाई सोध्दै जानुहोस् । छुवाछुत सामाजिक बिमारी हुनुसंगै मनोवैज्ञानिक बिमारी पनि हो । यसको उपचार राजनैतिक र शैक्षिक दुबै तहमा हुनुपर्छ । गणतन्त्रले छुवाछुत चट्टै निको अवश्य पार्ने होईन । तर एक उच्च ठकुरी जातका परिवारका जेठा छोरा मात्र राज्यको सर्वोच्च सम्माननिय व्यक्ति हुन पाउछ भन्ने मान्यतालाई टुँडिखेलमा खाल्डै खनेर पुरिदिएपछि अर्थात जुन जातको मान्छेले पनि चुनाव जितेर श्रीपेज पहिरिन पाउँछ (प्रतिकात्मक अर्थमा) भन्ने मान्यता स्थापना भएपछि त्यो बिमारीको उपचार पक्कै बढी सजिलो हुन्छ जस्तो लाग्छ मलाई ।
Read Full Discussion Thread for this article