Posted by: surendras January 13, 2005
KABITA
Login in to Rate this Post:     0       ?        
To timi mero sathi and all kavis-There is a very active forum for at parades.com for kavis alike. why dont' you join hands with; to share kabita,gajal,muktak n your feelings at whatever forms at; www.paradesh.com/forum. your kabitas may also be published at the e-magazine.see ya! नयाँ बर्षको यो संघारमा मन भरि उमंग र कुण्ठाहरु पोका-पोका बोकेर जब पनि तिमीलाई म सम्झन्छु अतित पीडा बनेर दुख्दछ अन्तर बेदनाका लहरहरु दौडिन्छन् आँखा अनायासै रसाइ दिन्छन् आँसुहरु रोकिदैनन् चोटहरु मेटिदैनन् न त पाइलाहरु रोकिन्छन् तर गन्तब्य त्यो क्षितिजको देखिदैन फर्केर हेर्दा बितेको बर्ष एउटा तितो काँडा बनेर चुभ्छ रात भरि गण्डकी सुसाइ रह्यो तिम्रो धमिलो आकृतिले नेपथ्यमा चियाईरह्यो बेदनाको गीत गुन्जिरह्यो स्मृतिको पाना पल्टिरह्यो तिमी संगको मेरो सामिप्य एउटा भुल्न नसक्ने अध्याय बनिदियो॥ जदौ!! सुरेन
Read Full Discussion Thread for this article