Posted by: Dada_Giri January 13, 2005
Eliminating Paras Shah
Login in to Rate this Post:     0       ?        
LOL हैन के सुन्नु पर्या यो कानले? @कवि परास शाह@ रे! पहिलो पटक सुन्न पाइयो यो कथन। साथि हो यो तलको समाचारलाइ आजको युग अनुसारको साझा भाषामा भन्नु पर्दा कस्तो हुन्छ होला। हेरम् है त। """"""""""""""""""""""""""""" कास धरान, पुस २४ - श्री ५ युवराजाधिराज पारस युवराज्ञी हिमानीसाथ मोटरसाइकलमा शनिबार धरान सवारी भएको छ । अपराह्न ४ बजे युवराज दम्पतीबाट छाताचोक, भानुचोक, लक्ष्मीसडकलगायत स्थान मोटरसाइकलमा यात्रा गरिबक्सेको थियो । करिब १५ मिनेटको अवलोकनपछि मौसुफहरू झापाको दमक दरबार फिर्ता होइबक्सेको सुरक्ष्ँा स्रोतले जनाएको छ । मौसुफहरू पुस १४ देखि त्यहा" होइबक्सन्छ । """""""""""""""""""""""""""""" How about this? धरान, पुस २४ - कसैलाई मतलब भा कुरा त हेन, पारस हिमानीसाथ मोटरसाइकलमा शनिबार धरान आएको छ । अपराह्न ४ बजे ती दम्पतीबहरु छाताचोक, भानुचोक, लक्ष्मीसडकलगायत स्थान मोटरसाइकलमा ओभर स्पिडमा कुदेका थियो । करिब १५ मिनेटको कुदेपछि तिनीहरू झापाको दमक दरबार लागेको कुरा सुरक्षा स्रोतले जनाएको छ । तिनीहरू पुस १४ देखि त्यहाँ छन् । भरे गाँजा तान्ने योजना छ। दमक वरिपरिका कहाँ के हुन्छ कसले मार खान्छ ठेगान नभएकोले सबैजना साबधान रहनुहोला।
Read Full Discussion Thread for this article