Posted by: ojhasamajdhangadhi May 19, 2026
NORWAY VS INDIA
Login in to Rate this Post:     0       ?        
Helle Lyng नामकी नर्वेली पत्रकारले भारतका प्रधानमन्त्री Narendra Modi लाई प्रश्न सोध्न खोजेपछि आफ्नो Instagram र Facebook अकाउन्ट निलम्बित भएको दाबी गरेकी छन् ।
https://youtube.com/shorts/FGMYrWMxM_s?si=FnSAKowbquOTW05V
नर्वेमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा मोदीलाई प्रश्न गर्न खोजेपछि उनी अचानक चर्चामा आएकी थिइन् । त्यसपछि सामाजिक सञ्जालमा तीव्र आलोचना र ट्रोलको सामना गरिरहेकी पत्रकार लिङले आफ्नो Meta अन्तर्गतका दुवै अकाउन्ट बन्द गरिएको बताएकी हुन् ।
https://youtube.com/shorts/pA5mq6pgQmk?si=VGnYwhE2cOuNMdFV
सामाजिक सञ्जाल X मा पोस्ट गर्दै उनले लेखेकी छन्, “प्रेस स्वतन्त्रताका लागि यो सानो मूल्य हो, तर मैले यस्तो अनुभव पहिले कहिल्यै गरेकी थिइनँ ।” उनले अकाउन्ट निलम्बनसम्बन्धी स्क्रिनसटसमेत सार्वजनिक गरेकी छन् ।
अर्को पोस्टमा उनले Instagram र Facebook मार्फत सम्पर्क गर्न खोज्नेहरूलाई जवाफ दिन नसक्ने अवस्था आएको बताउँदै अकाउन्ट फिर्ता हुने आशा व्यक्त गरेकी छन् । उनले Meta लाई समेत ट्याग गरेकी छन् ।
यो घटनापछि सामाजिक सञ्जालमा प्रेस स्वतन्त्रता, अनलाइन ट्रोलिङ र डिजिटल सेन्सरशिपबारे नयाँ बहस सुरु भएको छ ।
Read Full Discussion Thread for this article