Posted by: ojhasamajdhangadhi December 24, 2025
गोपाल हमाल र रास्वपाबीच भेट्को अर्थ के ? प्रवेशको संकेत कि सामान्य राजनीतिक संवाद ?
Login in to Rate this Post:     0       ?        
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका नेतृत्व र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालबीच भेटवार्ता भएको छ। रास्वपाका प्रदेश सभापति प्रकाश विष्ट, प्रदेश महामन्त्रीलगायत नेताहरूको टोलीले मेयर हमालसँग भेटघाट गरेको हो।
केही दिनयता सुदूरपश्चिमका विभिन्न जिल्ला तथा स्थानहरूमा पुगेर विभिन्न व्यक्तित्वहरूसँग संवाद गरिरहेको रास्वपाको टोलीले आज धनगढीमा मेयर हमालसँग छलफल गरेको बताइएको छ। भेटका क्रममा सुदूरपश्चिमको समग्र अवस्था, वर्तमान राजनीतिक परिस्थिति, विकासका क्रममा देखिएका चुनौतीहरू तथा सम्भावनाका क्षेत्रहरूबारे विस्तृत छलफल भएको रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिए।
यो भेटपछि नगर प्रमुख हमाल र रास्वपाबीच राजनीतिक सहकार्य वा पार्टी प्रवेशको सम्भावनाबारे चासो बढेको छ। यद्यपि, भेटवार्तालाई औपचारिक पार्टी प्रवेशसँग जोडेर कुनै ठोस निर्णय भइसकेको पुष्टि भने दुवै पक्षबाट गरिएको छैन।
स्वतन्त्र छविका कारण चर्चामा रहेका मेयर हमालसँग रास्वपाको संवादलाई आगामी दिनमा राजनीतिक अर्थमा कसरी हेर्ने भन्ने विषयले सुदूरपश्चिमको राजनीतिमा नयाँ बहस जन्माएको छ।
Read Full Discussion Thread for this article