Posted by: 9cpshim8 October 30, 2025
२६–२७ वर्षको उमेरमा बेरोजगार।
Login in to Rate this Post:     0       ?        

करिअर भन्ने कुरा अझै सुरु नै हुन सकेको छैन।
वरिपरिका सबै जना दिनदिनै अगाडि बढ्दैछन्—कसैको जागिर, कसैको विदेश, कसैको स्टार्टअप।
र म ? म त अझै सुरुवातमै अड्किएको।

सरकारी जागिरको तयारी गर्दै छु, तर त्यसले पनि झन् दबाब र निराशा मात्र थप्छ।
पढाइ पनि एक किसिमको मानसिक बोझजस्तो लाग्छ अहिले।
नतिजा नदेखिँदा आश पनि हराउँदै गएको जस्तो।

प्राइभेट अफिसको वातावरण र संस्कृति पनि मेरो लागि कहिल्यै फिट भएन।
सबै कुरा चकचकी, ‘टीम स्पिरिट’को मुखुण्डो, र भित्रभित्रै politics।
त्यहीँ नफिटिँदा, यहाँ पनि स्थायित्व पाइएन।

कहिलेकाहीँ लाग्छ—जीवन नै ढिलो सुरु भयो कि?
कि अरू धेरै छिटो दौडिए?
जति सोचें, उति खालीपन मात्र बढ्छ।
Read Full Discussion Thread for this article