Posted by: Dada_Giri January 12, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
>गणतन्त्रले यस्तो जाती-क्षेत्र-धर्म-लिङ्ग विशेषको प्रभुतालाई त राजतन्त्रसंगै सती पो पठाईदिन्छ त । नेपे जी, यसरी ठोकुवा गर्न र आशाबादी हुन त मलाई पनि मन थियो तर यी सब कुराहरु त्यती सामान्य कुरा हैनन्। जातभात छुवाछुत भन्ने कुरा चन्द्र शमसेरको पालामै खत्तम हुनुपर्ने हैन र? परिबर्तन बेलाबकत हुन्छ र प्रयास गरेको पनि देखिन्छ। तर सफल नहुनुमा कारक तत्त्व राजा वा राजतन्त्र नै हो भन्नु अरुलाई दोष थुपार्न पल्केकाहरुले भन्ने कुरा हो जस्तो मलाई लाग्छ। गाउव फर्क अभियान पनि राम्रो र उदार निति तियो कालि कुरा के भने नि कार्यान्वयान हुन सकेन। सैद्दान्तिक हिसाबले धेरै राम्रो कदम थियो। शान्ति क्षेत्र प्रर्ताब पनि राम्रो कुरा थियो। यिनिहरु असफल हुनुमा खालि राजतन्त्रको दोष हो भन्न नमिल्ला कि।
Read Full Discussion Thread for this article