Posted by: ashu January 11, 2005
Highway accident update
Login in to Rate this Post:     0       ?        
Editorial in Kantipur Jan 12 2005 http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=28607 बढ्दो सडक दर्ुघटना - मनसुन होस् या कठ्याङ्ग्रिदो हिउ?द, सडक दर्ुघटना दिनहु?जस्तै हुन थालेको छ । भीर खोपेर बनाइएका राजमार्गको एकतर्फबग्ने हिमाली नदीमा सवारीसाधन खस्दा अधिकांश यात्रुले ज्यान गुमाउने गरेका छन् । दर्ुघटनाको समस्या अधिराज्यव्यापी भए पनि पृथ्वी राजमार्ग र मुगलिङ-नारायणगढ खण्डलगायतका ठाउ? दर्ुघटनामुखी छन् । सवारी दर्ुघटना अघिल्लो वर्षो तुलनामा यस वर्षबढेको तथ्यांक र्सार्वजनिक भइसकेको छ । दर्ुघटनाका कारण पत्ता लगाउन आयोग बनाउने दर्ुइ महिनाअघिको प्रतिबद्धता पूरा गर्न सरकारले ढिलाइ गरिसकेको छ । ठाउ?-ठाउ?मा हुने सुरक्षा जा?चले गन्तव्यमा पुग्न आवश्यकभन्दा बढी समय लाग्दा बेतोडले साधन कुदाउने प्रवृत्ति बढ्नु, थाम्न सक्नेभन्दा बढी भार साधनमा कोच्नु र मादक पदार्थ खाएर सवारीसाधन चलाउनु दर्ुघटनाका केही प्रमुख कारण हुन् । त्यसैगरी कडा ट्राफिक नियमको अभाव र भएका नियमको अवहेलना, सवारीसाधनको समयबद्ध मर्मत-सम्भारको अभाव इत्यादिले पनि दर्ुघटना निम्त्याउने गरेका छन् । एकपटकमा दर्ुइ सय किलोमिटरभन्दा बढी एउटा चालकले साधन चलाउन नपाउने नियम भए पनि पा?च(छ सय किलोमिटरसम्मको दूरी एउटै चालकले तय गरिरहेका छन् । यस्ता गतिविधि नियन्त्रण गर्ने प्रभावकारी निकाय छैन । मुलुकको र्सार्वजनिक यातायात व्यवसाय निजी क्षेत्रको पोल्टामा छ । कम दर्ुघटनामा पर्ने गरेको सरकारी साझा बस संस्थागत कमजोरीका कारण सुकेको छ । त्यसैले दर्ुघटनामा पर्ने सबैजसो सवारीसाधन निजी क्षेत्रका हुन् । बराबर दर्ुघटना भइरह?दा निजी क्षेत्रलाई साधन बिमाका कारण आर्थिक घाटा झेल्नु नपरे पनि अरू किसिमका समस्यास?ग त पक्कै भिड्नर्ुपर्छ । तैपनि निजी क्षेत्रले त्यस्ता दर्ुघटना नियन्त्रणमा आवश्यक पहल नगर्नु आर्श्चर्यजनक छ । प्रतिस्पर्धात्मक रूपमा यात्रुलाई आरामदायी सेवा प्रदान गर्ने कुनै पनि व्यवसायीलाई आफ्ना साधन दर्ुघटनामा पर्नु चिन्ताको विषय हुनुपर्ने हो । दर्ुघटना हु?दा स्वतन्त्र विशेषज्ञसमेत राखेर दर्ुघटनाको छानबिन गर्न पहल गर्नुपर्ने प्रमुख दायित्व व्यवसायी स्वयम्को पनि हो । त्यस्तो केही गर्न नसक्दा व्यवसायीहरू सामाजिक दायित्वबाट पन्छिएको आभास मिल्छ । क्षेेत्रीयस्तरमा संगठित यातायात व्यवसायी संघसंस्था पनि दर्ुघटना नियन्त्रणमा जर्ुर्मुराउनुपर्ने हो । स्वस्थ प्रतिस्पर्धाको सट्टा आ-आफ्नो क्षेत्रमा सिन्डिकेटमार्फ एकाधिकार जमाउने प्रवृत्ति हावी छ । दर्ुघटनाजस्तो आमसमस्या निराकरणमा संघसंस्था निष्त्रिmय रहने गरेको आरोप उनीहरूमाथि लाग्दै आएको छ । अन्य मुलुकबाट सिक्ने हो भने यस्ता दर्ुघटना नियन्त्रण गर्न सरकार र नागरिक समाजको ठूलो भूमिका हुनर्ुपर्छ । अनावश्यक रूपमा कोचाकोच बसमा नचढ्न नागरिककै भूमिका महत्त्वपर्ूण्ा हुन्छ । त्यसैगरी मादक पदार्थ सेवन गरेका चालकलाई रोक्न सकिन्छ । दर्ुघटनाग्रस्त कम्पनीका बसहरूको अवस्था र चालकको दक्षताबारे र्सार्वजनिक अडिट गर्न नागरिक संस्थाहरू लाग्न सक्छन् । यात्रुको सेवा गर्ने भनेका कम्पनीहरूको गुणस्तर, उनीहरूले प्रयोग गर्ने बसको भौतिक अवस्था तथा चालक र अन्य कर्मचारीको व्यावसायिक क्षमतामाथि कडा अनुगमन सरकारले गर्नुपर्छ । तत्काल सरकार र निजी क्षेत्रका व्यवसायी बसेर समाधान खोज्न आवश्यक भइसकेको छ । हवाई दर्ुघटनापछि छानबिन गर्न तत्परता देखाउने सरकार सडक दर्ुघटनालाई सामान्य भनेर पन्छाउने गरेको छ । जनताप्रति यो उसको हेलचेक््रयाइ? हो । हरेक दर्ुघटना अध्ययन र छानबिनको विषय हुनर्ुपर्छ । त्यसका निष्कर्षाई शिक्षाका रूपमा अवलम्बन गर्न सक्नर्ुपर्छ ।
Read Full Discussion Thread for this article