Posted by: Khaobaadi_Netaa March 22, 2025
Login in to Rate this Post:
0
?


राजगढको सारङ्गपुर बस्ने १९ वर्षीय अरविन्द कुमारको खल्तीमा राखेको मोबाइल पड्किदा उनको अण्डकोष नै फुटेको आजतकले उल्लेख गरेको छ । ती युवक पेशाले पानीपुरी बेचेर गुजारा गर्दै आएका छन् ।
मंगलबार तरकारी बजारबाट साग किनेर उनी आफ्नो गाउँ नैनवाडा फर्किँदै थिए । तर बाटोमा उनले पाइन्टको खल्तीमा राखेको मोबाइल अचानक पड्कियो। मोबाइल पड्किदा उनी सवार बाइकको सन्तुलन बिग्रियो र उनी बाइडकबाट लडेर घाइते भए। यो घटनामा उनको टाउँकोमा चोट लाग्यो । यतिमात्रै होइन मुख्य कुार त खल्तीमा राखेको मोबाइल पड्किदा उनको गोप्य अंग अण्डकोष नै फुट्यो ।