Posted by: logan November 12, 2024
Login in to Rate this Post:
0
?
भनसुन ब्रो बिदेसिनु भएको कति भयो ? हजुरको धागोको पहिलो कमेन्ट र माथिको कमेन्ट सम्म आईपुग्दा अलिक शोच बढेको जस्तो लाग्यो | " Look Down " भन्ने कुरामा मेरो भनाइ सधै एउटै छ | मानिस कस्तो घर परिवारमा हुर्कियो, तिनी हरुको आचरण पुस्तैनी सर्दै जान्छ तर अपवादको रुपमा हिलोमा पनि कमल फुले झैँ फुल्छन | सामाज र साथि संगति संगै कस्तो मानसिकतामा हुर्किदै गयो ले पनि मान्छे को चरित्र निर्धारण हुन्छ | सिर्जित चरित्र लाइ छैटिको दिन कोरिदिएको भाग्य जस्तै हो भनि तुलना गर्न सकिन्छ | डिग्रि पछि थप डिग्रि , डा. नै झुण्ड्याए पनि नया चरित्र आउदैन, ल्याउनु पर्छ र ल्याउनलाई आत्म मनन गर्दै जानु पर्छ | अहिले सम्म एक जनाले विदेश गए पछि मात्र केहि कुरा बुझे भनि लेख्नु भएको थियो, यसरि बुझ्नलाई पनि आत्मसाथ गर्ने क्षमता को बिकास हुनु जरुरि छ | भेद भाव मानवका निस्क्रिस्ट स्वभाब हुन् ,कसैले यसको प्रयोग गरि स्वर्गीय आनन्द लिन्छन ( संस्कृतमा परपिडनम रति (SEX) साधनम भन्छन) , कोहि अतिनै Conditioned हुन्छन र तिनका दिमाग परिवर्तन हुन् अतिनै गाह्रो हुने मात्र होइन असम्भब नै हुन्छ | Conditioned: https://www.youtube.com/watch?v=wuecUch09fE