Posted by: pitambar August 26, 2024
Mamta kafle bhatt is still missing
Login in to Rate this Post:     0       ?        
Unbelievable, आरोपित श्रीमानको २ ३ ओटा अन्तरबार्ता क्लिप हेंरे. मान्छे सारै लठ्याउरो पाराको लाग्यो, बोलेको प्रस्ट नबुझिने,के बोल्या,के बोल्या जस्तो, ठ्याक्कै यो सुस्ते जस्तो .अधिकांशले सुरुदेखिनै लोग्ने प्रति गहिरो शंका प्रकट गरेको पाईयो तर म स्वयमलाइ त्यो लोग्ने भनाउदो प्रति खासै शंका लागेन. अब तपाई आफै भन्नुस न मुजी बोल्नै नजान्ने ,भकभके , मुखबाङ्गे ,सुस्ते, पाँच फिटेले तेस्तो खुरापाती काण्ड गर्ला भनेर कसरी विश्वास गर्नु ? २ ३ ओटा अन्तरबार्ता हेर्दा मान्छे एकहोरो, सिङ्ग फुक्ल्या गोरु जस्तो चै लाग्यो . तेस्तो मेन्टलसंग के बस्नु भनेर त्यो सिस्टर आफै कतै जानु भएको र आफ्नो बेवस्था भए पछि बच्चा लिन आउनु हुन्छ कि जस्तो भान अन्तिम सम्म नै भई रह्यो .लाश अझै नभेटीएको कारण कतै चमत्कार भएर वहाँ फर्किनु हुन्छ कि भन्ने आश अझै मरेको छैन. यी कम्युनिकेट गर्न नजान्ने, घुसघुसे ,एकहोरेहरु ज्यादै खतरनाक हुने रैछन. यिनका मन भित्र के छ, राम जाने !! समस्त दिदि-बहिनिमा सजक रहन आग्रह गरे .
Read Full Discussion Thread for this article