Posted by: logan August 23, 2024
Mamta kafle bhatt is still missing
Login in to Rate this Post:     0       ?        
श्रीरामजी , राम राम हजुर हजुरको सामाजिक चलन र धर्म लाइ पृथक बनाएर कुरा गर्न खोज्नु भयो तर अध्योपान्त सम्म पढी सक्दा ठ्याक्कै ट्रंप को इकोनोमिक कोंफ्रेंसमा गरेको कुरा कानी झैँ लाग्यो | तपाइले धर्म लाइ संकृति र संक्रितिलाई धर्म संग छुट्याउनु सनातन / हिन्दु धर्म को व्याख्या सुन्न ब्याकुल छु | धर्मो रक्षति रक्षित: लाई गुरु हरुले धर्म गरेर धर्मको रक्षा गर्नु पर्छ भन्ने व्याख्या गर्छन | के मन्दिर जाने ,पुजा आजा, ब्राम्हण लाइ दान दक्षिणा दिएर धर्म हुन्छ ? श्रीराम जी धर्म का कुरा उठाई हाल्नु भयो : तपाइको ग्यान गुन का कुरा सुनाउनु होस् र ध्यान दिएर सुन्छु र पालना लायक भए पालना पनि गरौला | बाठा संस्कृत का ज्ञाता हरुले ताक परे तिवारी नत्र गोतामे पारा गरेर बुद्द लाइ पनि अबतार बनाइ दिए | यी अबतार कै कारण हाल परिचित हिन्दु धर्ममा एक पछि अर्को ले कथा कोर्दै अबतारी बनाइँ नया नया भगवान बानाइ दिए | जति धेरै भगवान भए तेतिनै मानिस लाइ धर्मको पछि कुद्ने बनाए | किन अबतारी भगवान को पछि लाग्ने ? ब्रम्हा बिष्णु र महेश्वोर कै पछि लागे भएनर ? ट्रंप ले रिपब्लिकन लाइ च्याम्पाटी घुमाए झैँ हरेक धर्म ले घुमाउछ | जब सम्म आफुले अध्ययन गरेर बुझ्दैन तेती खेर सम्म माओबादिले सोझा साझालाई युद्दमा होम्याए झैँ जे जे सुन्दै आएका हौ त्यो भन्दा अर्को लेभेल मा पुग्दैनन |
Last edited: 25-Aug-24 08:42 AM
Read Full Discussion Thread for this article