Posted by: Nepe January 8, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
जहासम्म स्थिरताको कुरा छ, प्रजातन्त्र, by definition, एक अस्थिरतन्त्र नै हो । राष्ट्रिय विखण्डन, जातिय झडप आदिको सम्भावनाको कुरा गरेको हो भने वास्तवमा गणतन्त्रले त त्यसलाई अहिलेको आंशिक राजतन्त्रमा हुने सम्भावना भन्दा कता कता न्यून गर्नेछ, म त भन्छु शुन्यिकरण नै गर्नेछ । राजसंस्थाद्वारा प्रतिनिधित, प्रायोजित, संरक्षित, कृत, पालित क्षेत्री-बाहुन-हिन्दु-पहाडे-पुरुष प्रधानता-प्रभुता नै त हो यसको कारक-संभावक तत्व । गणतन्त्रले यस्तो जाती-क्षेत्र-धर्म-लिङ्ग विशेषको प्रभुतालाई त राजतन्त्रसंगै सती पो पठाईदिन्छ त । गणतन्त्रले पहिलो पटक नेपाललाई जातीय-क्षेत्रिय-धार्मिक-लैङ्गिक समानताको स्पष्ट, निर्विवाद र पूर्ण National resolve दिनेछ । यसले राजसंस्थाको संप्रभुत्वमा आधारित दास राष्ट्रियतालाई हटाई त्यसको ठाँउमा समान जनसंप्रभुत्वमा आधारित नागरिक राष्ट्रियतालाई स्थापना गर्नेछ । संक्षेपमा, गणतन्त्रले राष्ट्रियतालाई आजको युग अनुरुप र बलियो बनाउँछ भने आंशिक राजतन्त्रले धोबीको कुकुर । पूर्ण राजतन्त्रको लागि त नेपाल अब कहिल्यै तयार छैन, दुईचार जना साझावासीले तिनिहरुको टाउको पर्खालमा जतिसुकै ठोकेपनि ।
Read Full Discussion Thread for this article