Posted by: Nepe January 8, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
दादागिरीजी, मैले माओवादीको सानातिना टुक्राहरु उप्कने कुरा गरेको हैन, ठूलो र दुई फब्ल्याटो हुने सैध्दान्तिक चिराईको कुरा गरेको हो । र मेरो विचारमा त्यो गणतान्त्रिक क्रान्तिको शिखरमा वा क्रान्ति पछि हुनेछ, अघि होईन । गणतन्त्र is the end of the Maoists. गणतन्त्र बाहेक अरु कुरालाई the end of the Maoists ठान्नु आफैले आफैलाई खुशि तुल्याउने काम मात्र हो, यथार्थको अवलोकन होईन । (Ashu को थ्रेडको प्रसंग जोडिदिएको क्या ) तपाई २० वर्ष भन्नुहुन्छ । म ५ वर्ष ठान्छु । यो अर्धशताव्धीमा जति छिटोछिटो र नसोचिएको राजनैतिक घटनाहरु कहिल्यै भएनन् । तपाई यो राजतन्त्रको जरालाई जमिनमाथि बाट मात्र हेरेर २०० वर्ष पुरानो भन्नुहुन्छ । मैले जमिन मुनि हेर्दा त यो २०० हप्ता (200 weeks) मात्र पुरानो पो देख्छु । ज्ञानेन्द्रले पाएको अपुताली कानूनी हिसापले २०० वर्ष पुरानो राजतन्त्र होला, तर जनभावनात्मक हिसापमा यो २०० हप्ता पुरानो अपुतालीतन्त्र मात्र हो ।
Read Full Discussion Thread for this article