Posted by: Dada_Giri January 8, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
>माओवादी पार्टी टुक्रिनेछ माओबादी पार्टी त मधिसे टाइगर बनेर पनि एउटा ढिक्का निस्किसक्यो। अरु पनि ढिक्का ढिक्कामा छ। छुट्टिन्छ। राई टाइगर, भो मगर टाइगर भो। यो जातिगत ढिक्का सबै फुट्न सजिलो छ। तर नेपे जीले भन्या जस्तो २०० वर्ष पुरानो राजतन्त्रको जरो उखाल्न त्यती सजिलो पनि छैन। र यो जरो उखालिनबाट जोगाउन ज्ञानेन्द्र शाहले जे पनि गर्न सक्छन्। मरे पछि डुमै राजा भन्या जस्तो देशमा बिदेशी सेना भित्राउन पनि पछि नपर्लान्। २०० वर्षसम्म बावु बाजेले राज्य गरेको ठाँउबाट जानु नै छ भने के मतलब नि। अब सडकमा अहिले आन्दोलन गर्या जस्तो गर्ने ४ पार्टी पनि पदको लागि कराइराखेका मात्र हुन्। पद पाएदेखि अझैपनि उनीहरु राजा भक्त छन्। त्यसैले नेपे जीले भन्या जस्तो Intermediate Stepआउनलाई यो युद्द अझै २० वर्ष लम्बिनुपर्छ। तर आर्थिक स्थितीको कुरा यहाँ आएन। नेपालको गृह अर्थतन्त्र भन्या बिदेशी रेमिटेन्स हो । अहिलेका केही वर्ष यसले धानेको छ। आर्थिक स्थिती जर्जर भएपछि सत्ता ढल्छ। त्यसै ढल्छ। अस्ति इण्डोनेसियामा देखिहाल्नु भो नि। त्यही मौका पारेर, East Timore स्वतन्त्र हुन सक्यो। राजतन्त्र चल्न सक्छ तर त्यसपछि नेपालमा स्थिरता आउन सक्छ भन्न चाँही मुस्किल छ। त्यसैले, अब नेपाल गयो! मेरो मनमा लाग्या २ कौडिको तर्क यसो थप्या मात्रै है।
Read Full Discussion Thread for this article