Posted by: logan May 2, 2024
अमेरिकामा महिनामा कति कमाइ हुन्छ | कति खर्च हुन्छ??
Login in to Rate this Post:     0       ?        
खानपान र दान ग्योप्य राक्नु पर्ने कुरा दक्षिणा पाउने गुरु हरुले सुरु गरेको हुनु पर्छ | तेसै भएर काठमाण्डौ बासिहरुको भान्साकोठा सबै भन्दा माथिल्लो तलामा हुन्छ रे ?
दक्षिणा कति दिए भन्ने कुरा गोप्य राखिनु पर्ने कुरा गुरु हरुको कसैले कम दिएको कुरा थाहा भए आम्दानीमा मन्दी होला भनेर पनि गोप्य राख्न भनिएको हुन् सक्छ ?
आज भोलि केटीको उमेर अनि केटाको आमदानी नसोध्नु भन्छन | किन भनिएको होला भन्ने कुरा व्याख्या गरि राख्नु नपर्ला | साझामा एक से एक विद्वान बर्गले भरिएको सामाजिक संजाल हो | कोहि कोहि चै अपवादमा पर्छन यो प्रकृतिको खेल संगै तिनको बाल्यकाल को माहौल, घर परिवार अनि कस्तो सामाजमा हुर्किएको छ ले पनि ठुलै प्रभाब पारेको हुन्छ |
युट्युबमा जे देख्नु भयो हामीले पनि तेही नै देख्ने हौ , तिनी हरु संग भेट घाट र चिन्ने मानिसले मात्र तपाइको जाबाफ दिन सक्छ |
२ -४ बर्स अघि एउटा धागोमा आम्दानि खर्च को बिबरण राख्ने हरु निस्किएका थिए भने हालसाल एकमात्र व्यक्ति निस्कनु भएको छ | साझा छिर्नु भएको छ, देखि र पढि पनि सक्नु भयो होला तेसैले को हो भनि नाम र आम्दानि खुलासा गरि रहनु नपर्ला |
कुरा रह्यो जोगाड को त्यो व्यक्ति बिसेसमा भर पर्छ | मेरो अध्ययन कालमा एकजना South African एकै फ्ल्याट सेयर गरेर बसेका थियौ | उसले सधै जसो पास्तानै खान्थ्यो | खर्चको कुरामा बचावट गर्न सकिने अबस्था र ब्यबस्था गर्न सकिने कुरामा अति आबस्यक घरेलु सामान Dollar Tree , Discount Store आदि मा किनमेल गरेर पनि खर्च कम गर्न सकिने कुरा साझा मै पढेको हु | बिद्यार्थी भएको बेला म पनि गए |
सत्य र असत्य को खोजीमा नलाग्दा नै बेस होला |
Read Full Discussion Thread for this article