Posted by: Nepe January 7, 2005
Love of a sister
Login in to Rate this Post:     0       ?        
ओहो चाँप त बिर्सेछु । अग्ला रूखमा फुल्ने कुखुराका चल्ला जस्तै नरम सेता र गुलाफी चाँप । कैलाश कोठीको बगलमा भएको गुलाफी चाँपको रूख यसपटक खोजेँ । रहेनछ । ओक्टेनको कम्पाउन्डभित्र पनि सेतो चाँपको रूख भएजस्तो लाग्छ । तिमीलाई सम्झना छ - पाउडर फूलको पाउडर, बनमाडेको अमिलो डाँठ चपाएर टुप्पामा आउने रातो तरलको टीका, हरकटाको सुपारी राखेर चपाएको भोटे पानको हल्का लाली ओठमा- हाम्रो उस बखतको शृङ्गार । अहा ! चरीअमिलो । यसको स्वाद त जिब्रामा अझ ट्वाक्कै छ । चारपाते झारको हरियो फाँट- नाम चारपाते तर पात केवल तीन । वन, पाखा र बारीका कान्लामा बागमुखे थैलीजस्तै पहेंलपुर टिकटिके फूल । पचासौंको तादात्म्य कसले धेरै फुटाउने भन्दै फुटाएको सम्झना । छातीभित्र ढक ढक मुक्का हान्ने यी कस्ता दुख्ने तर मीठा अनुभव ।
Read Full Discussion Thread for this article