Posted by: Bennedict April 24, 2024
Login in to Rate this Post:
0
?
हजुर शिकागोअनजी,
केटीले भन्दा रेपुटेशन बिग्रने, केटाले तेही शब्द भन्दा नबिग्रने भनेको हैन हजुर। नराम्रो शब्द जसले बोल्दा पनि नराम्रो नै हो, केटाले बोलोस कि केटीले बोलोस। तपाईं आँफै सोच्नुस् है एक छिन, कसरी हामी समाजमा केटाले मुँ** , मा*** , ला** , पु** लगाएर कुरा गरे कती सहजताका साथ सुन्छौ अनी ईग्नोर पनि गर्छौ होला, अनी तेही शब्दहरु एक केटीले बोलोस त, अरुको मात्र हैन तपाईंको पनि त्यो आँखी भौ तन्किन्छ हो। तपाईं चै के सहज भएर त्यो केटीलाई हेर्न सक्नुहुन्छ होला त? ल भन्नुस्। माथिको कथा तेही तेस्तै अनुभवको पस्काइ मात्र हो, हजुर।
केटी सक्षम भएको, सिक्षित भएको, कन्फिडेन्ट भएको त सधैं राम्रो हो, तर धेरै कुरा चै सजिलै एडजस्ट गर्न गार्है होला कि? अहिले त नेपालमा +२ का केटा केटी हरु कस्ता कस्ता कुरा गर्ने रहेछन, तपाईं नेपाल नगेको कती भो ल भन्नुस्?