Posted by: logan April 11, 2024
मेरा बाको नया Noble work
Login in to Rate this Post:     0       ?        
साझा पाठक बर्ग: मेरो धागोको शिर्षक पढेर लोगनले के लेख्न लाग्यो भनेर आश्चर्यमा नपर्नुस | अरुको जस्तो कथा कोर्न सक्दिन | यो कमजोरीको कारण मेरो बसोबास र हुर्काइ संग आबद्द छ | अरु धागोमा पनि आफुलाई चिनाई सकेको हु | त्यो धागो कोरी सके पछि धेरै नया मेम्बर थपीइ सक्नु भएको छ अनि पुराना मेम्बरलाइ पनि re-call होस् भन्ने आसयले एक हरफ थपेको छु |
कती भयो देश छोडेको दिन गन्तिका कुरा छोडौ बर्ष पनि गन्न छोडियो तर पनि यो मन आफु हुर्किएको गाउ घर समाज र आफन्तहरु बारे बेला बेलामा झझल्का आई रहन्छन तेसैले मेरा कुरा कानीहरु गाउले पारामा लेख्ने हुँदा पाखे भनाइ पनि खाईएको बिर्सिन सकेको छुइन| दसकौ शहरी बसाइले पनि शहरीया बनेर लेख्न सकेको छुइन| पहाडी भाषा पुस्तकमा र घरमा मात्र बोलिन्थ्यो | नेपाली पढाउने सापकोटा गुरुको पुर्खेली घर पाल्पा भए पनि वहाँ त्यही समाजमा मिल्नु र भिजी सक्नु भएको थियो | अङ्रेजी पढाउने गुरु बिहार बाट आयातित हुनु हुन्थो| शहरको सरकारी हाइ स्कुल गैइयो |स्कुलका किताबी पढाई ले मात्रा भाषामा तेती बिकास हुँदैन रहेछ | आफ्नो बारे यती पृष्‍ठभूमीले पुग्ला |

आकर्शक हेडिङको खोजाइ सबै भन्दा पहिले हुने अनी त्यो सँग मिल्ने कथा जोड्ने चलनले छेउ न पुच्छर मिलेको लेख वा कथा देखिएका होलान मात्र होईन मलाई नै इङित गर्दै तै नै होस् भन्ने २ -४ जना निक्लेलान अर्थात KAREN मार्काहरु लाइ इंगित गरेको हु | "fake it until you make it " भन्ने कुरा धेरैले सुन्नु भएकै होला, म नेपालमा हुँदा यो कुरा चल्न चल्ती मा आई सकेको थिएन तर अहिले त्यो कुरा पालना गर्दै छु| लक्षमै पुग्न नसकिए पनि लक्षको आधार-सिबिर सम्म त पुग्न सकुला कि भनी कोर्ने प्रयास छोडेको छुइन | निरन्तरता आबस्यक छ र पालाना गर्ने कोशिस गर्दैछु |

तपाइँ हरुले मद्धे कसै कसैले "मेरो बुबाको सुनको तक्मा" पढ्नु भ्याउनु भयो होला | मैले पनि केहि कोर्नु पर्ने र कोरु कोरु लागेर मात्र केही हुँदैन रहेछ | कुनै साहित्यकार वा ब्यग्नकारले फुर्यो फुर्यो भने जस्तै सबै भन्दा पहिले कथाको को बिषय बस्तु फुर्नु पर्‍यो अनी त्यो फुराइ अनुसार कोर्नु पर्‍यो हैन र ? उहिलेका संगितकारले रात बिरात धुन चलेको बेला सङितको सिर्जना गर्थे रे अनी त्यो संगीत र सिनेमाको कथा सँग मिल्ने गितको सिर्जना गर्नु पर्थ्यो रे ?
मेरो कोसिश अन्यत्र मोडयो यसको कारण साझामा कसैको कमेन्टमा मेरा बाउ बारे मलाइ जानकारी नभएको कुरा पढ्न पाए | नया धागो नै कोर्न तिर ध्यानाकर्सन संगै बिसय बस्तु पनि फ़ुराउन थाल्यो |
"तेरो बा पनि सुस्त थिए " भनि सोधनी गरेका हुन् वा जानकारी गराएका हुन् बुझ्ने कोसिस जारीनै छ || साझा बाटै सुने पछी पिताजी बारे केही सोच आए | पहाडी कुनामा हजुर बा हुन्जेल नेपाली र केही सन्स्क्रित सिक्नु भयो रे| पाठ याद नभए बासको छडिले डाम आउने गरी कुटाइ खाने डरले माइलो काकालाई आज बढेको पाठ सिकाए दे भन्दा यती पाङ्रा दे अनी सिकाइ दिन्छु भन्थे रे | यसरी धेरै पल्ट् छडि खान बाट बचेँका कुरा सुनेको थिए |
मेरा दाइ हरु सबै शहरमै पढे म चै छैठौ कक्षामा मात्र शहर छिरेको हुँ | शहरमा जुम्ल्या केटाहरु म भन्दा एक दुई बर्ष स्यानो होला त्यस मद्दे एउटा लाइ देखेर सबैले तिमीहरु दाजु भाई हौ भनी गाउले हरुले सोध्थे| जुम्ल्या भए पनि अर्को संग अनुहार मिल्दैन थियो | हामीलाई जिस्क्याउन सोधेका होलान भन्दै त्यस बारेमा तेती ध्यान दिएको थीइन तर आज यही साझाको एउटा कमेन्ट "तेरा बाउ पनि सुस्त थिए?" भन्ने पढे पछी चै दिमागमा चसक्क चस्का पस्यो र सोच्न बाद्य तुल्यायो | हो मेरा बा sharp थिएनन तर सुस्त चै थिएनन किन भन्न पुग्यो भनि चाखको बिसय बन्न पुग्यो |
मेरा बा गठिला, मिठो बोलिचाली भएका थिए र धेरै महिला हरु आकर्सित हुन्थे भन्ने कुरा पहाड पुगेका बेला गाउले बुढा पाका बाट सुनेको हुँ | अहिले किन शहरीयाले त्यो केटा र मलाइ दाजु भाई हौ भनेका कुरामा केन्द्रित हुँदा मनमा धेरै कुरा हरु उब्जिन थाले | त्यो जुम्ल्याको आमा बाउको बिहे भएको लामो समय पछि यिनी हरु जन्मिएका हुन | संका उठ्दै गए, मन मनै कुरा हरु उब्जदै गए (Cohabit / Niyoga which was practiced in ancient Hinduism) कही मेरा बाले कुठाउमा इन्जार खोल्न पुगेका त होईनन " ? अहिले बुझदा ति जुम्ल्या पछि कुनै बच्चा नै भएनन् र केहि बर्स पछि उनि हरु बसाइ सराइ गरे | मेरा बा ले जाइ कटक चै गरेन जस्तो लाग्छ र इजार कसेर बस्न नसकोमा दुख लाग्नु भन्दा पनि विर्य दान गरेर एक महिलालाई सहयोग र उनले "बाझी " भनाइ सुन्नु परेन र कोख पनि खालि नभएकोमा खुसि छु |
टेस्लेले तेरा बा पनि सुस्ते थिए भनि सोधनी हुनाको कारण कही सक्कली बा चै अर्कै थिए भन्ने जानकारी पाए पछी डाँक्टर कहाँ जादा के के चै भन्र्नु पर्ला भनी सोधेको हो कि जस्तो लाग्यो | डाक्टर कहा जादा पारिवारिक data खोज्दछन् र यी दुई कुरा चै लेखिदिई हाल्दछु | बिहान उठन अलिक गाह्रो हुन्थ्यो , घाम लागे पछि ठिक हुन्थ्यो | ५ बर्स जति भयो colon cancer बाट बित्नु भयो | धन्दा नमान मेरा बा सुस्त थिएन र over smart पनि थिएनन | colonoscopy चै चालिस पुगे पछि गराउन सल्लाह दिन्छु |

सत्यता मा आधारित कथा हो |

साझा पाठक बर्ग : कृपया अपशब्द राखी कमेण्ट नगरिदिनु होला



My heading should be Divine work instead of Noble work.

https://snigdhathunga.medium.com/niyoga-the-hidden-divinity-6af827d4ef18

Last edited: 29-Apr-24 04:32 PM
Read Full Discussion Thread for this article