Posted by: Kalidaas April 7, 2024
NRNA धरापमा
Login in to Rate this Post:     0       ?        
आजकल नेपाली संगठनहरु च्याउ जस्तै उम्रिरहेकाछन् | हुँदा हुँदा एउटै संगठनको दुई समानान्तर समीति पनि बनि सके | यस्तो लाजमर्दो कामले सर्वसाधारणलाई यी संगठनको अस्तित्व नै अविश्वसनीय भएको छ तर यिनीहरुका सबैभन्दा ठुलो उद्देश्य नै पदको लोभ देखिन्छ | गत वर्षको NRNA अनलाइन मतदानमा धाँधली भएको पुस्टि भएको छ | एक जना उम्मेदवारले एउटा पनि भोट नपाएपछि धाँधली साबित भएको थियो | यस्तो संगठनमा बसेर एक अर्कालाई सम्मान गर्दै पदहरुका गरीमा हिलोमा मिस्सिएको अनुभब हुन थालेको छ | देश र देशबाशीहरुको हीत भन्दा पनि कसको मान्छे कुन ओहोदामा छ, आफ्नो पार्टीको मान्छे ल्याउनु पर्छ, र कसरी आफ्नो अहंकारको जीत हुनु पर्छ भन्ने उद्देस्य नै ठुलो देखिएको छ | पासपोर्ट बनाउने प्रक्रियामा पनि आ-आफ्ना मान्छेहरुलाई भित्र भित्र बाट मिलाइदिने अनि सर्वसाधारणलाई बर्षौं सम्म झुलाईदिने कुरा पनि एनआरएन र दुतावास संग सम्बन्धित पिडितहरुले धेरै चोटी व्यक्त गरेका सुनिएको छ |

Last edited: 07-Apr-24 08:09 AM
Read Full Discussion Thread for this article