Posted by: Nepe January 7, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
र यो गणतन्त्रवादी जनआन्दोलन ४६ सालको प्रजातन्त्रवादी जनआन्दोलन जस्तै राजनैतिक पार्टीहरुलाई पछि पारेर अगाडी बढेको जनउभारको रुपमा आउनेछ भन्नेमा मलाई शंका छैन । फरक कति भने यो जनउभारलाई आवश्यक ठाने आमहत्या वा त्यस्तै प्रकारको रक्तपातद्वारा दबाउने प्रयास गर्न राजाप्रति वफादार शाही सेना मानसिक रुपले तयार भैसकेको छ । अन्तिम समयतिर केही जर्साबहरुको घैंटोमा घाम लागेर उनीहरु आन्दोलनरत नागरिक समाजमा सामेल हुन पनि सक्छन् । तर सानो ठूलो रक्तपात हुने नै देख्छु म । जे भए पनि परिणामत: पार्टीबाहिरका वा पार्टीबाट विद्रोह गरेर संवैधानिक राजतन्त्रको लछुमन रेखा तोडेका केही नयाँ, ताजा नेताहरु र विभूतिहरु देखा पर्नेछन् । माओवादी पार्टी टुक्रिनेछ । नरम समुहले प्रजातन्त्रिक गणतन्त्रलाई अन्तिम क्रान्तिको रुपमा स्विकार्ने छ । गरम समुहले यसलाई तत्कालको लागि आलोचनात्मक समर्थन मात्र गर्ने भन्नेछ । पुग्यो कि अरु पनि दिम् "intermediate steps" को भविष्यवाणी ? Nepe P.S. नेपाली र अंग्रेजी सरोबर मिसाउन त Unicode प्रयोग गर्नु पर्छ । सोधम न छेवैको कुनै कम्प्युटर गीकलाई ।
Read Full Discussion Thread for this article