Posted by: crazy_love March 27, 2024
मन भित्र को पत्रै पत्र!
Login in to Rate this Post:     1       ?         Liked by
पार्ट्-३

म केही नबोली त्यो मान्छेको पछी पछी लागे, उ फत्फताउदैथ्यो।

"कहिले जिन्दगीमा बुद्धी नआउने भयो, यत्रो उमेर भैसक्यो, त्यस्तो जिम्मेवार भएको मान्छे, कस्तो लापरवाही।"

मेरो बोल्ने ठाउँ थिएन, घर पुग्न उसको सहायता चाहिन्थ्यो। त्यसैले केही भनिन।

"DWI को केस पनि कस्तो बेवास्ता गरेको? क्लास किन शुरु नगरेको? म सधैं लिन आउन सक्दिन। कुन दिन के हुने हो? भैरहेको जागिर जाने होला। हे भगवान, मेरो जिन्दगीमा अझै कति दु:ख खेप्न पर्ने होला? कस्तो आइमाइ पर्‍यो नि मलाई?"

यो गनगन कति सुन्नु? कति उसको भरमा बाँच्नु? मेरो आफ्नै केही छैन, कोही छैन। यस्तो जीवनको के अर्थ? मेरो काम, पहिचान, अस्तित्वको के महत्व? यसरी बाँच्नु भन्दा त----बरु त्यो हाइवेमा हिड्दिन्छु, कुनै गाडीको अगाडी गएर लम्पसार सुतिदिन्छु, मेरो जिबनको अन्त्य होस्।

****************************************************
"एक्स्क्युज्मी म्याम, तपाईं यो हाइवेमा किन बिचमा हिडिरहनु भएको?"

मैले धेरै निलो रातो बत्तीहरु भएको पुलिसको कारहरु देखे। मलाई के भैरहेको याद भएन, तर म मरिसकेको थिएन, चोटपटक पनि थिएन। उ त्यहा थिएन।

"आर यु ओके?"

"फिलिङ लस्ट, अफिसर। लस्ट माइ वे टु होम" मलाई थाहा थ्यो उनिहरुलाई के भन्नु हुन्थेन, त्यो होश थियो मलाई।

"आर यु ड्रन्क?" उनिहरुलाई थाहा थ्यो, मेरो शब्दहरु प्रश्ट थिएनन।

"डु यु वान्ट टु किल योर्सेल्फ?"

मैले त्यस्को उत्तर दिइन। उनिहरुले मेरो नाम, जन्म मिती, ठेगाना के के सोधे, मैले केहीको पनि उत्तर दिइन।

एम्बुलेन्समा मलाई कुनै ER पुर्याए, त्यसपछी फेरी अर्को अस्पातल, त्यतिन्जेल म धेरै थाकिसकेको थिए।
म आफ्नो वार्डमा पुग्नासाथ शायद म निदाउने कोशीस गर्दैथे, मेरो बेडको खुट्टातिर कोही उभेको जस्तो लाग्यो, मैले उठेर हेर्न खोजे, कालो कालो छाया जस्तो लाग्यो, तर के हो मैले ठम्याउन सकिन, मन चिसो भयो, कोठामा अर्को बेड थियो, तर त्यहा बिरामी थिएन। सुनसान थ्यो। बाहिर कता कता मान्छेहरुको आवाज आए जस्तो लाग्यो, मैले "हेल्प" भने, तर त्यो आवाज निस्के जस्तो लागेन। म भएभरको बल लगाएर चिच्याउन खोज्दैथे। त्यो कालो छायाले मेरो खुट्टाहरु समात्यो, त्यसपछी खुट्टा माथि त्यस्को हातहरु सलबलाउन थाल्यो। बिस्तारै त्यसले मेरो सम्पूर्ण शरीर थिच्यो, म हलचल गर्न सकिन, म रुदै, कराउदै, छट्पटाउन थाले। कालो छाया म माथि मनमानी गर्न थाल्यो। भएभरको बल निकालेर म कराए "प्लिज हेल्प!"

"मिस, आर यु ओके?" मेरो सामुन्ने दुइजना नर्सहरु उभिएका थे, कालो छाया कहाँ भागी सकेको थ्यो।

"भर्खरै एउटा अजङको कालो छाँयाले मलाई जबर्जस्ती गर्न खोजेको थ्यो, तपाईंहरुले देख्नु भएन?"

"हामी त अघी देखी तपाईंलाई बोलाइरहेका छौ। यहाँ त कोही पनि थिएन। यो वार्डमा महिला मात्रै छन। आज सबै स्टाफ महिला नै छन। हामी प्रत्यक १५ मिनेटमा राउन्ड पनि गरिरहेका छौ। के तपाईं हरेक रात डर लाग्दो सपना देख्नु हुन्छ?" सिनियर जस्ती नर्सले सोधी।

"म राती सुत्न सक्दिन, यस्तै डरलाग्दो सपनाहरु देख्छु। मलाई रातसँग डर लाग्छ।" पसीना पुछ्दै भने।

"Nightmares हुन्छ? PTSD मा त्यस्तै हुन्छ। औशधी खाने? बिहान हुन अझै २ घण्टा छ, तपाईंलाई रेस्ट हुन्छ।"

नर्सले कुनि के औशधी दिइ, म ४५ मिनेट जति मनमा अनेक कुरा खेलाउदै निदाए शायद।

"ब्रेक्फास्ट खाने होइन?" गहिरो निद्रामा कसैले सोध्यो, मैले नखाने भने, निद्रा लागिरहेको थ्यो।

"लन्च टाइम गयो, उठ्न सकिन, शायद हिजो रातिभरिको थकाई तर म डिनरको लागि म ब्युझे, भोक भन्दा पानी प्यास लगिरहेको थ्यो। कोठाको बाहिर लामो कोरिडर थ्यो, त्यसको पर कुनामा नर्सहरु थे, मैले उनिहरुलाई पानी प्यास लागेको कुरा भने। उनिहरुले मलाई त्यही नजिकै नर्सिङ स्टेसनको दाँयापट्टीको कोठा देखाए। त्यहा टिवी थ्यो, केही मै जस्ता बिरामीहरु थिए। टिवी हेरिरहेका थिए।


मैले एकजनाको पछाडि उभिएर सोधे।
" यहाँ पानी का पाईन्छ?
त्यसले सुनिन, फेरी अली ठुलो आवाजमा सोधे,
"यहा पानी कहाँ पाईन्छ होला?"

दोस्रो पटक सोधे पछी त्यो बिरामी पछाडि फर्की, केही बोलिन मलाई हेरी मात्रै रही।

"समी!" यति मात्रै निस्क्यो मेरो मुखबाट।

मेरो बिरामी, हैन हैन, यहाँ हामी दुबै बिरामी। उसको लत र मेरो लत एउटै छ, र उसको ट्रमा र मेरो पनि उस्तै हुनुपर्छ शायद। खाली हामी त्यो बिगतलाई बिर्सिएर भाग्न सकेका छैनौ। बर्तमानले हामीलाई अपनाउन सकेको छैन, देखिने वा नदेखिने घाउहरु समेत। उ घर नभएकी, म घर भएकी, हामी दुबै एउटै परिस्थितीमा। एक्लै, दुखी, र मानसिक रोगीहरु।

क्रमश:






Read Full Discussion Thread for this article