Posted by: PeaceLover333 March 18, 2024
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Login in to Rate this Post:     1       ?         Liked by
यो संसारमा जोसुकैले पत्याउन वा नपत्याउन मलाई मतलब छैन तर यो सत्य हो कि कोरोनाको खोप लिएका मेरा आफन्त छिमेकमा धेरैजनालाई यो एकदुई वर्ष भित्रमा क्यान्सर लागेको छ र उपचारर्थ छन् । त्यसैगरि भर्खर विवाहित महिलाको एकै परिवारको सँगसँगै जस्तो विहे गरेका जेठानी देउरानीको खोप लिएको केहि समयमा बच्चा खेर गएको थियो । तर हाम्रै परिवार र ससुरालिमा खोप नलिएकालाई कसैलाई केहि भएको छैन । मेरा बुस्टर लिएका केहि साथीहरुलाई हालै आएर केहि समयदेखि फोक्सोमा समस्या देखिएर लहरे खोकि लागेको धेरै भयो र अझै निको भएको छैन । म यहाँ कोहिसँग बहस गर्न आएको होईन तर सत्यता उजागर गर्न आएको हो । मलाई जति गालि गर्नुस् फरक पर्दैन किनकी सत्य डग्दैन झुठ टिक्दैन । यो भन्दा बढि मलाई केहि भन्नु छैन कारण मैले खोप लिन नमानेको कारण मलाई झण्डै काम बाट निकालेको थियो तर धर्मको कारण देखाएर काम गर्न पाएँ तर मलाई डायबिटिज भएपनि आजसम्म गत केहि वर्षमा बिरामी भएको छैन शायद म खानेकुरा र कसरतमा धेरै ध्यान दिने भएर होला । म प्राय यो साझा समय समयमा हेर्ने र पढ्ने गर्छु तर बहस गर्नु बेकार लाग्छ । भगवानले सबैको रक्षा गरुन् ।
Read Full Discussion Thread for this article