Posted by: logan February 4, 2024
धर्म गर्ने दिन को पर्खाइमा डाक्टरसाब
Login in to Rate this Post:     0       ?        
यो पनि एउटा संयोग नै भन्नु पर्ला | चिनजानको घरमा सप्ताह लगाएका रहेछन उनले गीता प्रेस गोरखपुर् बाट नेपालि स्लोकार्थ सहित को सरल गीता पठाई दिनु भएको रहेछ जो एक अनुबाद मात्र हो | निहित अर्थ तिनै विद्वानले मात्र बुझ्लान : धर्मो रक्षति रक्षत: को भाव पुजापाठ गर दैनिक मन्दिर जाउ मन्दिरमा ठडिएका मुर्ति पुजा अनि संकृत भट्याउने बाहुनलाई दान नै धर्म बुझेका हरुलाई धर्म भनेको " righteousness & moral" भन्ने कुरा बाट बुझाउन खोजे के होला ? उदाहरणको लागि ट्रंप जाली फटाहा हो भनेर रिपब्लिकन लाइ बुझाउन खोज्नु सरह हो | धेरै पल्ट सुनेका छै कस्तो उल्लु ( पशु) जस्तो रहेछ, तर मानिस भन्दा ठुलो पशु अरु कोहि छैन | पशु ३/४ कुरामा आफ्नो पन्जा दरो बनाउन चाहन्छ , दाना पानि , आफ्नो प्रभुत्व त्यो पनि सम्भोग को लागि बाहेक अरु मुद्दा हुदैन जस्तो लाग्छ | तर सिमित ग्यान अनि अरुले दिएको ग्यान लाई बर्चस्व बिस्वास गरि बस्ने हरु हजारौ मुद्दा ( Agenda ) ले लादिएका हरु आफ्नो बानि व्यहोर अबगुन्हारू अरुमा सार्न पछि पर्दैनन् | कारण उनिहरु आफ्नै जस्तो दिमाग भएका हरुको संख्या बढाउँन चाह्नाछंन |
बेद ब्यासले पनि शुद्रको कर्तब्य बाहुन छेत्री र बैस्यको सेवा गर्नु स्वाभाविक कर्तब्य भनि लेख्न पछि परेनन् | Narcissism को खेति कहा बाट र कसरि सुरु भयो बारे साझा चिहाउने हरुले बिचार गर्न भ्याउनु भएको छ कि छैन ? कि यो Narcissism भन्ने शब्द नै गलत हो र सुन्नू नै नपरोस भन्नेमा पर्नु हुन्छ| अमेरिकामा आएर कसैले गाडी मर्मत गर्ने गराज खोलेछ , सुनेर खुसि लाग्यो , पेशा ( परिश्रम ) गरेर जिबिको पार्जन गर्नु बाउ बाजेले लुटेर जम्मा गरिदिएको सम्पती गनेर धनि सम्झदै गर्दभ स्वरमा हुङ्कार गर्ने सबै मानसिक गरिबीको घोत्तक हुन् | एउटा धागो मा मैले सोधेको थिए " परिश्रम र नैतिकता बीच को सम्बन्ध" मा २-३ ओटा कमेन्ट कोरीए पनि बिषय बस्तु बाहिर थिए | कसै कसैले त साझामा नैतिकता सिकाउन न छिर बनि भनि सके | जसका घरमा नैतिकता भनेको कुन जन्तुको नाम हो भन्नेले अबस्य पनि सहन शक्ति बाहिरका कुरा भएरै त्यस्तो कोर्न पछि नपरेका हुन् |
आज नेपालमा होडबाजी चलेको छ " भागवत गीता " पाठ गराउने | जसका घरमा भागवत पाठ गर्ने गुरु मैरा चिनजानका व्यक्तिका घरमा छिरे पछि चोकमा पृथ्बी लाइ ढोग्दै यो घरमा पनि भागवत गीता पाठ गराउनु पर्छ भन्न पछि परेनन् याने आम्दानीको श्रोत बढाउँने कर्तुत होईन र ?
ब्यासले त लेखेका होइनन होला अबस्य पनि पछि थपिएको हुनु पर्छ " श्रीक्रिसनले गीता सुन्ना मात्रले पनि धर्म हुन्छ " |
गीताको सार तत्व के त ?
फिलोसोफि छ जसलाई व्याख्या गर्न संकृत भट्याउन सक्नेको सामर्थ बाहिरको कुरा हो , साझामा अरुका कुरा बुझे नबुझे पनि टास्न पछि नपर्ने झैँ हो | कृष्णको आफ्नै मुद्दा छ सोहि मुद्दालाइ दुनो सोझाउन खोजेको र आर्जुंन तिमि कोहि होईनौ जे हु सबै मै हु र मेरै इशारामा यो सब भै रहेको छ | तिमि यो युद्दमा जो जो देख्छु तिनलाई तिमीले मार्ने होइन यी त मेरा इशारामा मारी सकेका छन् भन्दै आफ्नो स्वरुप देखाए पछि अर्जुन लडन भिड्न तयार भएका कुरा संजयले धितरास्ट्रलाइ सुनाएको युद्दको आखोदेखा हाल खबर हो |
Read Full Discussion Thread for this article