Posted by: ktmpost January 24, 2024
प्रख्यात नेपाली कुकको खाना खान एक जनाले रु. २३ हजार तिर्नु पर्ने
Login in to Rate this Post:     0       ?        

582Shares
sharethis sharing button

हाल बेलायत बस्दै आएका बिश्व प्रसिद्ध नेपाली मूलका प्रमुख भान्से (सेफ)सन्तोष शाहसँग बाल्टिमोरमा रात्री भोजन कार्यक्रमको आयोजना गरिने भएको छ । उनि अन्य कार्यक्रममा बिश्वकै सम्राट राज्य न्यूयोर्कमा आएको समयमा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रात्री भोजनको कार्यक्रमको तारतम्य मिलाईएको हो ।

रात्री भोजन फेब्रुअरी ३,शनिबारका दिन राती ६:३० बजे देखि ८ बजे सम्म हुनेछ ।

आयोजक मध्ये कै एक बिनोद उप्रेतीले दिएको जानकारी अनुसार उनि कनेक्टीकट राज्यको बिश्व चर्चित यल बिश्वबिद्यालयको निमन्त्रणामा आएको समयमा बाल्टिमोरमा कार्यक्रमको आयोजना गरिएको हो । उनको अमेरिका यो पहिलो भ्रमण पनि हो ।

शाहले कार्यक्रममा विभिन्न प्रकारका नेपाली परिकार पकाउने छन् । अधिकांश नेपाली समुदायले खादै नखाएका केही नेपाली परिकारहरुका खानेकुराहरु बनाउन उनले आफ्नो प्रतिभा देखाउने छन । उनले आफ्नो हातले बनाएका खानाका परिकारहरु सहभागीहरुले मिठो र स्वाद मानेर खाने अवसर प्राप्त गर्नेछन् । उनि बिश्व प्रसिद्ध छन् भने उनलाई बिश्वका नेपाली समुदायले अधिकांशले चिन्दछन ।

सन्तोष साह बिबिसीले आयोजना गरेको प्रतियोगीतामा उत्कृष्ट प्रस्तुति गरे पछि प्रमुख भान्से (माष्टर सेफ )भएका नेपाली हुन् ।

शाहसंगको रात्रि भोजनको कार्यक्रम बाल्टिमोरमा रहेको क्र्याकपट चमेनागृहमा हुनेछ । डिसी महानगर क्षेत्रका समाज सेवी तथा व्यवसायी मन्दिरा मैनाली तथा विनोद उप्रेतीले यो कार्यक्रमको आयोजना गरेका हुन् ।

उप्रेतीले ईनेप्लिजलाई दिएको जानकारी अनुसार उनले प्रत्यक्ष रुपमा त्यहा उपस्थित भएका सहभागीहरुकै अगाडीविभिन्न ६ प्रकारका परिकारहरु सन्तोष शाहले पकाउने छन् । साथै संगै बसेर रात्रि भोजन समेत सबैले खान पाउने छन् ।

स्मरण रहोस ,डिसी महानगर क्षेत्रमा थुप्रै नेपाली चमेनागृहहरु संचालनमा रहेकोले संचालक ,नेपाली खाना पकाउन इच्छुक तथा भान्से (सेफ)हरु समेतले अवसर प्राप्त गर्न सक्ने छन् । उक्त रात्री भोजनको लागि अग्रिम रुपमा प्रवेश पत्र अर्थात् टिकट खरिद गर्नु पर्ने छ । बाल्टिमोरको क्र्याकपट चमेना गृहमा हुने उक्त रात्री भोजनमा अन्य सबै खर्चको व्यवस्थापन चमेनागृहले गर्ने छ भने संकलन भएको सबै रकम सन्तोष शाहलाई जानेछ ।

स्थान सीमित भएकोले छिट्टै आफ्नो स्थान सुरक्षित राख्न चमेनागृहका संचालक उप्रेतीले ईनेप्लिजलाई बताए । टिकट खरिद बिधुतिय माध्यमबाट खरिद गर्न सकिने छन् भने प्रवेश शुल्क १ सय ७५ डलर राखिएको छ :

https://nepyork.com/chef-santosh-shahs-culinary-tour-hits-major-u-s-cities-this-february/?fbclid=IwAR2ziq9KSoIBtDMocWhm5–nseD4x2e_Fg8FLff6DRTTs14KLlifGMh2VYU

Read Full Discussion Thread for this article