Posted by: digambar January 6, 2024
काउली येति सप्रिनुको राज के हो ?
Login in to Rate this Post:     0       ?        
Bandev ji,

हजुरकी "हजुरी" ले र थिमैले ले काउलीमा सिधै मलत्याग गर्नुहुन्छ भन्ने कुरा साँचो हो तर हजुरकी "हजुरी" ले एक डाँडाबाट अर्को डाँडामा ठुलो स्वरमा बोलेर संवाद पनि गर्नुहुन्थ्यो होला, तर आज सबैको हातमा मोबाइल छ।

निकृष्ट लेखाइलाई पनि त process नगरेको मानव मल जस्तै लतर पतर गरेर प्रेषित गर्न सकिन्छ नि। (prayshit भनेर अङ्ग्रेजीमा लेख्दा त pun बन्यो है 🤣)

जसरी निकृष्ट लेखाई पढ्दा पाठकको दिमाग खराब हुने र लेखकलाई आलोचना आउन सक्ने सम्भावना हुन्छ, त्यस्तै गरी मानव दिसालाई मलको रूपमा प्रयोग गर्दा विचार नपुर्याए रोग फैलिने सम्भावना हुन्छ।

निकृष्ट लेखाइमा गलत व्याकरण, शुद्धाशुद्धि गर्नमा अल्छिपन र आफ्नो लेखाइको आफै तारिफ गर्ने जस्ता अवगुण भए झैँ मानव मलमा ब्याक्टेरिया, भाइरस र परजीवी जस्ता प्रदूषकहरू हुन सक्छन जसलाई राम्रोसँग ह्यान्डल नगर्दा गम्भीर रोगहरू निम्त्याइने सम्भावना रहन्छ।

निम्नकोटीको लेखाइलाई परिष्कृत गर्न जसरी शुद्धाशुद्धि मा अल्छी नगरी, रचनात्मक आलोचना (constructive criticism) हुँदा आवेशमा नआई, अझ मेहनत गरी लेख्नु जरुरी हुन्छ, त्यसै गरी दिसा लाई बाली वा बगैंचामा मल को रूपमा प्रयोग गर्नु अघि कुनै पनि हानिकारक जीवहरूलाई मार्ने तरिकामा कम्पोष्ट वा उपचार गर्नु आवश्यक हुन्छ।
Read Full Discussion Thread for this article