Posted by: digambar December 27, 2023
मकवाने : रुदाने
Login in to Rate this Post:     0       ?        

ट्राफिक नियमको पालना गरौँ, आफ्नो र अरूको ज्यान बचाऔँ ।” मूल नारा बोकी गत साता मात्र देशले बडो धुमधामसित ट्राफिक सप्ताह मनायो । दिनानुदिन बढिरहेको सडक दुघटनालार्इर्र्कम पार्ने उद्देश्य बोकेर । त्यस पुनित कार्यलार्इर्र्शिखरमा पुर्याउन नौ कक्षामा पढ्ने विद्यार्थी गोपालले पनि सात दिनसम्म ट्राफिक प्रहरीको झैं सेवा प्रदायक बनेर सहयोग गरेका थिए । यस सप्ताहमा अन्य विद्यालय जस्तो ऊ पढ्ने विद्यालयको पनि प्रत्यक्ष र उल्लेख्य सहभागिता थियो । गोपालको ड्युटि प्रायः भोटाहिटीको आकाशे पुलनिर पर्दथ्यो । आकाशे पुल प्रयोग नगरी सोझै तलैबाट बाटो काट्न खोज्ने मानिसहरूलाई आकाशे पुल प्रयोग गर्नुको फाइदा एवम् महत्व बताएर पुल प्रयोग गरी बाटो काट्न लगाउँथ्यो । भनेको नमान्ने अटेरीलार्इर्र्वा नियम उल्लङ्घन गर्नेलाई हप्काउनसमेत पछि पर्दैनथ्यो । साथै शिक्षितजस्तो देखिने मानिसलाई टा्रफिक नियम सम्बन्धी चेतनामूलक पर्चा पनि बाँड्न ऊ विर्सिदैनथ्यो । जनचेतना फैलाउँदा फैलाउँदैको उसको एक हप्ता बित्यो ।
केही दिनपछि काम विशेषले गोपाल बागबजार जाँदा भोटाहिटीको त्यही आकाशे पुलनिर पुगेपछि एकछिन अडिएर पुलतिर हेर्यो र मुसुक्क हाँस्दै पुल प्रयोग नगरी तलैबाट बाटो काट्न
लाग्यो । बाटो काट्दा एउटा माइक्रोबसले झन्डै हानेको थियो । उसको दिन बलियो थियो । “गाडी चलाउन नआउने मान्छेलार्इर्र्किन गाडी चलाउनुपर्यो ।” बर्बराउँदै अगि बढ्यो । तर एक साताको समयसम्म अरूलाई बताएको आकाशे पुल प्रयोग गर्नुको फाइदा एवम् महत्वबारे भने सम्झन मानिरहेको थिएन ।



Last edited: 30-Dec-23 10:52 AM
Read Full Discussion Thread for this article