Posted by: digambar December 25, 2023
मकवाने : रुदाने
Login in to Rate this Post:     1       ?         Liked by

छोटो चलचित्र ‘झड्केलो’ को पोस्टर सार्वजनिक भएको छ । किरण नेपालीको निर्माण तथा प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रशान्त भण्डारी मुख्य भूमिकामा रहेका छन् । लकडाउन अगाडी नै छायाङ्कन गरिएको यस चलचित्रको सम्पादनको काम सकेर डिजिटल प्लेटफर्म मार्फत सार्वजनिक गर्ने तयारी रहेको टिमले जानकारी दिएको छ ।

‘झड्केलो’ नेपाली ठेट शब्द हो जसलाई महिलाले दोस्रो विवाह गरेर जाँदा पहिलो श्रीमानका तर्फबाट भएका सन्तानलाई दोस्रो श्रीमानले सम्बोधन गर्न प्रयोग गरिन्छ । यस अर्थमा चलचित्र एक सामाजिक कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ । चलचित्रमा पृथ्वीराज प्रसाईँ, किशोर खतिवडा, अर्जुन गुरुङ, नवीन रेग्मी, सतिश खत्री, दामोदर खतिवडा, सानिया खान, सङ्गीता नापित, प्रिया रिजाल र हिवाला गौतमको पनि अभिनय रहेको छ ।

श्रीकृष्ण परियारको नृत्य, सीडी विजय अधिकारी र पुरुषोत्तम न्यौपानेको सङ्गीत, शङ्कर महर्जनको द्वन्द्व रहेको यस चलचित्रमा जयराम थापाको छायाङ्कन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ । ४५ मिनेट लामो ‘झड्केलो’ फिल्म फेस्टिभल र विभिन्न एप मार्फत शुल्क तिरेर फिल्म हेर्न सकिने निर्माता नेपालीले बताएका छन् ।

Last edited: 30-Dec-23 10:37 AM
Read Full Discussion Thread for this article