Posted by: digambar December 25, 2023
आज बाट तिहारको सेल सकियो
Login in to Rate this Post:     1       ?         Liked by
एक महिनासम्म पुरानो सेल त खाइन्थ्यो, फ्रिज पनि नगरेर। सानो छँदा घरमा फ्रिज, टेलिभिजन केही थिएन। दशैंको सेल लामो समयसम्म बचाएर अनि तताउँदै चिया संग खाइन्थ्यो। घरमै खारेको Pure घिउ मा deep fry गरेको सेल naturally preserve हुने कुरा हो, त्यसमा पनि moisture बाट वचाएर, मलमलको कपडामा बेरेर माटोको भाँडामा छोपेर राखेको।

Eggs, butter हालेका र moisture बढी भएका रोटी हरुको shelf life कम हुने हो।

अझ खसीको मासु पनि अलि solid meat भएको पिस हरू छानेर मजाले मसला हालेर सुक्खा पारेर and more importantly गोलभेडा नहालेर पकाएर छोपेर माटोको भाँडामा दश पन्ध्र दिन सम्म राखेर चाहेको बेला अलिकति परपरि कराईमा भुटेर खाइन्थ्यो। अहिले बजारमा bottled unrefrigerated राँगो वा खसीको अचार यत्रतत्र पाइन्छ। खोले पछि पनि निकै दिन बिग्रँदैन -due to the oil and spices acting as natural preservatives

चाँडै बिग्रने Organ meats - कलेजो, फोक्सो, मुटु आदि र offal - आन्द्रा भुँडी जस्ता चाहिँ एक दुई दिनमै खाई सकिन्थ्यो। Those cannot be kept unrefrigerated under any circumstances

Chicken वा अरु fowl meat चाहिं कुनै हालतमा पनि refrigerator मा नराखी लामो समय सम्म अड्दैन unless you make dry fried chicken अचार which lasts a long time due to the natural preservatives present in the spices that are used

अब त deep freezer मा राखेर सेल र मासु दुवै महिनौ सम्म पनि खाइन्छ।
Read Full Discussion Thread for this article