Posted by: logan December 23, 2023
मकवाने : रुदाने
Login in to Rate this Post:     0       ?        
मेरो झड्केलो सालाको काका को नया बानि थपिएको छ रे ? अनि मकवाने रुदाने नाम बाट प्रसिद्द भएको मानिसको कुरा सम्झीए |
उनको गाउमा एउटा बचचाले पिसाब गर्न नसकेर पेट फुल्दै गएको र नजिक स्वाथ्य चौकी पनि भएको कारणले उपचार नगरी बसेको अबस्थामा स्वास्थ्य खाच्किदै गएको मात्र होइन माथिनै पुग्ने अबस्थामा पुगेको बेला रेदानेले सुने पछि उ डाक्टर हुन् पुग्यो |
उपचार को तरिका धेरै नै सरल थियो | धारा भएको ठाउमा लगेर त्यो बच्चा लाइ टुटिमा हेरेर बस भन्यो | बच्चाले पनि हेरी रह्यो | रुदानेले धारा खोलेर पानि के निस्केको थियो त्यो वच्चाले पनि पानि संगै छुल्क्यायो रे |
यो छुल्क्याउने कुरा मेरो झड्केलो काका ससुरा को नया बानि सुने पछि यो कुरा सम्झन पुगेको हु | नया बानि केहो भने उनलाई पनि धारा खोल्यो कि लघु संका ( पिसाब ) गर्न कुदी हाल्नु पर्ने भएको छ रे ?
साझामा सल्लाह दिन पछि नपर्ने झड्केलो साला हरुले काकाको हालत को उपचारको सल्लाह दिएका छैनन् जस्तो छ |
Read Full Discussion Thread for this article